Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

प्रमुख शीर्ष चार दलको बैठक सुरु

Wednesday, April 26, 2017 National Power


१३ बैशाख, काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा सहमति जुटाउन बोलाएको प्रमुख शीर्ष चार दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा एमाओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष कमल थापा सहभागि छन् ।

सरकारले बैठकमा संविधान संशोधनमार्फत् मधेसकेन्द्रीत दल राजपालाई चुनावमा सहभागि गराउने, तराईका केही जिल्लामा स्थानीय तहको संख्या बढाउने लगायतका विषयमा सहमति खोजिने बालुवाटार श्रोतले जनाएको छ । सत्तारुढ दल यसमा सहमत भएपनि एमालेले असहमति जनाउदै विरोध गर्दै आएको छ ।