Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

दलित महिला उम्मेदवार नपाउँदा समस्यामा

Thursday, April 20, 2017 National Power

७ वैशाख, धनगढी – एकजना दलित महिला सदस्य हरेक वडामा अनिवार्य चुन्नुपर्ने कानुनी प्रावधानले कैलालीका राजनीतिक दल दलित महिला उम्मेदवार नपाउँदा समस्यामा परेका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत दलले अधिकांश वडामा दलित महिला उम्मेदवार पाउन सकेका छैनन् । दलित महिला उम्मेदावरको खोजीमा दलका नेता लागे पनि सबै वडामा ठूला दलले समेत उम्मेदवार पाउन नसकेको बताइएको छ ।दललाई उम्मेदवार हुन चाहने दलित महिला पाउन मुस्किल भएको नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकास बमले बताए । दलित महिला उम्मेदवारको अभावकै कारण एकजना दलित महिलालाई आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाउने तयारीस्वरुप तीन दलका नेता छुट्टाछुट्टै रुपमा ती महिलाको घरमा पुगेर आ–आफ्नो पक्षमा पार्ने प्रयाससमेत गर्ने गरेको देखिएको छ ।

उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेलगायत योग्यता तोकिएकोमा २१ वर्ष उमेर पुगेर पनि कतिपय महिलाले अझै नागरिकता नलिइसकेको र अन्य कतिपयले मतदाता नामावलीमा नाम समावेश नगरिसकेका कारण पनि दलित महिला उम्मेदवार पाउन थप समस्या सिर्जना हुने देखिएको छ ।छ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका गरी कैलालीमा रहेका १३ वटा स्थानीय तहमा जम्मा एकसय २६ वडा छन् । “पार्टी र चुनावका विषयमा नै जानकारी नभएका महिलालाई उम्मेदवार बनाउनुको अर्थ छैन”, काँग्रेसका बमले भने, “तर कानुनी व्यवस्थाले यस्ता महिलालाई नउठाई नहुने बाध्यता सिर्जना भएको छ ।”