Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बस सेवा सञ्चालन हुँदा स्थानीयवासी हर्षित

Wednesday, April 19, 2017 National Power

६ बैशाख, भोजपुर – भोजपुरको घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ । मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरले जनाएको छ।

त्यहाँ बस पुगेपछि स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरेका थिए । बस सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । सोही सडकखण्डमा दैनिक एउटा बस सञ्चालन गरिने जनाएको छ । बेमौसमी वर्षाका कारण प्रभावित भएको बस मङ्गलबार सञ्चालनमा आएको हो ।