६ बैशाख, भोजपुर – भोजपुरको घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ । मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरले जनाएको छ।
त्यहाँ बस पुगेपछि स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरेका थिए । बस सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । सोही सडकखण्डमा दैनिक एउटा बस सञ्चालन गरिने जनाएको छ । बेमौसमी वर्षाका कारण प्रभावित भएको बस मङ्गलबार सञ्चालनमा आएको हो ।