Saturday 7th September 2024

    ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई बाल स्वास्थ्य संबन्धी प्रशिक्षण    नेपाल डेरी एशोसिएसनले श्रीलंकाको दुग्ध उद्योगको समृद्ध भविष्यका लागि मद्धत गर्ने    स्रष्टा लेखक बिक्रमभक्त जोशीका पिता र माताको नाममा “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार” स्थापना    Ojha Receives the Poet of the Year Award from Philippines    नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित

आइपिएलमा कोलकता र दिल्लीको जित

Sunday, April 16, 2017 National Power

३ बैशाख, भारत – आइपिएल अन्तरगत हिजो भएका खेलहरुमा कोलकता नाइटराइडर्स र दिल्ली डेयरडेभिल्सले जित हात पारेका छन् ।
कोलकताको इडेन गार्डेनमा सनराइजर हैदरावाद विरुद्ध हिजो भएको पहिलो खेलमा टस हारेर पहिले व्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि रोविन उथप्पाले ६८ रन बनाए भने मनिष पाण्डेले ४६ रनको योगदान गरे । हैदरावादका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए ।
जवाफमा हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाउँदा कोलकतासंग १७ रनले खेल गुमाउन पुग्यो ।

यस्तै हिजै भएको दोश्रो खेलमा दिल्ली किंग इलेवन पंजावलाई ५१ रनले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाइ १८८ रन बनाएको थियो । जवाफमा पंजावले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।