Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

खाना पकाउने ग्यास चुहिएर आगलागी

Monday, April 10, 2017 National Power

२८ चैत, भक्तपुर – रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित श्रेष्ठको घरमा राति खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
श्रेष्ठले भाडामा दिएको घरको दोश्रो तलामा भएको आगलागीबाट भान्छाका सामानहरु, लत्ताकपडा, अन्नलगायतका सामग्री जलेका छन् ।
प्रहरी,स्थानीय बासिन्दा र भक्तपुरबाट आएको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीबाट भएको क्षतिको विवरण भोलि आउने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।