Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

भारतीय राजदूत मन्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे

Monday, March 27, 2017 National Power

१४ चैत, काठमाडौं – नयाँ भारतीय राजदूत मन्जिभ सिंह पुरीले नेपालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका पुरी आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको पहिलो भेट आपसी परिचय र दुई पक्षीय हितका विषयमै केन्द्रीत भएको बताइएको छ ।

यस्तै एमाले र भातबीच बिग्रिएको भनिएको सम्बन्ध सुधारका विषयमा समेत कुराकानी भएको थियो । एक घण्टा लामो भेटघाटमा समसामयिक अवस्था नेपाल भारत सम्बन्ध,आपसी परिचय लगायतका विषयमा छलफल भएको एमाले सचेतक भानुभक्त ढकालले जानकारी दिए । ४  वर्षे कार्यभार सम्हाल्न पुरी शनिबार नेपाल आएका हुन् ।