Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पाँच खेलबाट १३ अंकसहित इंग्ल्याण्ड शीर्ष स्थानमा

Monday, March 27, 2017 National Power

१४ चैत , – आइतबार राति भएको विश्वकप २०१८ को छनौट खेलअन्तर्गत इंग्ल्याण्ड विजयी भएको छ । पाँच खेलबाट १३ अंकसहित इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ।
मा भएको खेलमा युरोपियन क्षेत्रको छनौट अन्तर्गत इंग्ल्याण्डले लिथुवानियालाई २–० ले हराएको हो ।उक्त मैदानमा भएको खेलमा जर्मेन डिफो र जेमी भर्डीले इंग्ल्याण्डलाई जिताउन एक एक गोल गरे । ग्यारेथ साउथ गेटको प्रशिक्षणमा खेलेको लिथुवानिया माथि इंग्ल्याण्डले सहज जित निकालेको हो ।

इंग्ल्याण्डले२२ औं मिनेटमा डिफोले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए । इंग्ल्याण्डबाट डिफोले अहिलेसम्म २० गोल गरिसकेका छन् । अहिले सम्मका राष्ट्रिय टिमबाट २० गोल गर्ने उनी २२ औं खेलाडी हुन् ।
भर्डीले करिब ६६ औं मिनेटमा गोल गरेपछि इंग्ल्याण्ड २–० ले विजयी भयो । अहिले सम्ममा ९ अंकले स्लोभाकिया दोस्रो स्थानमा छ ।