Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

 छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

Thursday, March 23, 2017 National Power

१० चैत, मोरङ  – मोरङको पूर्व पश्चिम राजमार्ग पथरी,कानेपोखरी सडक खण्डमा भएका दुर्घटनामा पाँच जनाको ज्यान गएको प्रहरीले जानकारी दिएकोछ ।

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ५ ख ५३८७ नम्बरको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बसमा रहेका बुटवल शंकर नगरपालिकाका पुरुषेत्तम सुवेदी र उहाँकी श्रीमति तथा मोटरसाइकलमा रहेका मोरङको लेटाङ्गका तिलक लिम्बु र देवेन्द्र लिम्बुको ज्यान गएको हो ।
यस्तै दुर्घटना भएको २ घण्टापछि त्यहि ठाउँमा फेरि मोटरसाइकल पल्टिँदा मोरङ्गको हसनदहका अजित खवासको ज्यान गएको छ । मोटरसाइकलको पछाडी रहेका रवि परियारको विराटनगरमा उपचार भइरहेको पथरीका प्रहरीले जानकारी दिए।