Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

प्रतिवादीको नाममा तामेली नभएपछी…..

Sunday, February 19, 2017 National Power

८ फागुन,काठमाण्डौ- सर्वोच्च अदालतमा आजको लागि तोकिएको आइजी विवाद सम्बन्धि मुद्दाको पेशी प्रतिवादाी डिआइजी जय बहादुर चन्दको नाममा तामेली नै नभएको पाईएपछि मंगलबारको लागि सारिएको छ ।
यस अघि प्रधानन्याधिष सुशीला कार्कीको एकल इजलासले अन्तरिम आदेश डिआइजी जय बहादुर चन्दलाई आइजी हुन बाट रोकेको थियो । त्यसै मुद्दामा आईजी अर्का दावेदार तथा डीआइजी नवराज सिलवालले पनि डीआइजी जय बहादुर चन्दलाइ आइजी नबनाउनको लागि रिट दायर गरेका थिए । सो मुद्दाको पनि आजै अन्तिम फैसला हुने भनिएको थियो । तर दुवै मुद्दामा प्रतिवादी जय बहादुर चन्दको नाममा तामेली नै नभएकोले आजको लागि तोकिएको पेशी मंगलबारको लागि सारिएको हो ।


उक्त मुद्दाको पेशी न्यायधिषद्वय हरिकृष्ण कार्की ईश्वरी प्रसाद ढकालको इजलासमा तोकिएको थियो ।