Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रतिवादीको नाममा तामेली नभएपछी…..

Sunday, February 19, 2017 National Power

८ फागुन,काठमाण्डौ- सर्वोच्च अदालतमा आजको लागि तोकिएको आइजी विवाद सम्बन्धि मुद्दाको पेशी प्रतिवादाी डिआइजी जय बहादुर चन्दको नाममा तामेली नै नभएको पाईएपछि मंगलबारको लागि सारिएको छ ।
यस अघि प्रधानन्याधिष सुशीला कार्कीको एकल इजलासले अन्तरिम आदेश डिआइजी जय बहादुर चन्दलाई आइजी हुन बाट रोकेको थियो । त्यसै मुद्दामा आईजी अर्का दावेदार तथा डीआइजी नवराज सिलवालले पनि डीआइजी जय बहादुर चन्दलाइ आइजी नबनाउनको लागि रिट दायर गरेका थिए । सो मुद्दाको पनि आजै अन्तिम फैसला हुने भनिएको थियो । तर दुवै मुद्दामा प्रतिवादी जय बहादुर चन्दको नाममा तामेली नै नभएकोले आजको लागि तोकिएको पेशी मंगलबारको लागि सारिएको हो ।


उक्त मुद्दाको पेशी न्यायधिषद्वय हरिकृष्ण कार्की ईश्वरी प्रसाद ढकालको इजलासमा तोकिएको थियो ।