Friday 18th October 2024

    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु    मारवाडीका अगाडी मन्त्री पाण्डे किन लम्पसार परे ?    यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन    चलचित्रकर्मीले लगाए यादव खरेलको हातबाट दसैँको टीका

“हामी सक्छौ, म सक्छु” भन्दै अाज विश्व क्यान्सर दिवस मनाइदै

Saturday, February 4, 2017 National Power

२२ माघ, काठमाडाैँ –  “हामी सक्छौ, म सक्छु” भन्ने नारा सहित विश्व क्यान्सर दिवस आज विभिन्न सचेतना मूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक बर्ष फेब्रुअरी ४ मा यो दिवस क्यान्सरको रोकथाम र नियन्त्रणसम्वन्धी सचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१६ देखि २०१८ सम्मका लागि हामी सक्छौ, म सक्छु भन्ने नारा तय गरेको हो । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको डब्लुएचओको तथ्याङ्क छ । प्रत्येक ६ मध्ये १ जनाको मृत्यु क्यान्सरबाट हुने गरेको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिवर्ष विश्वमा  ८२  लाख बढीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ३० देखि ६९ बर्ष उमेर समूहका बढी रहेका छन् । विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो र विकासशिल देशमा तेश्रो स्थानमा आउँछ ।

विकासशिल देशमा करीब ७० प्रतिशतको मत्यु क्यान्सरका कारण हुने गरेको तथ्याङ्क छ ।  नेपालमा क्यान्सर रोगका कारण वार्षिक १५ हजारको मृत्यु भइरहेको र ४० हजार नयाँ बिरामी थपिने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । नेपालमा हाल करिव १ लाख बढी क्यान्सर रोगी रहेको अनुमान गरिन्छ ।

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका अनुसार नेपालमा हुने क्यान्सरमध्ये फोक्सोको १३ प्रतिशत, पाठेघरको मुखको १० प्रतिशत, स्तन क्यान्सर ७ प्रतिशत, आमाशयको ६ प्रतिशत रहेको छ । महिलामा हुने क्यान्सरमध्ये १८ प्रतिशतमा पाठेघर, १५ प्रतिशतमा स्तन र १० प्रतिशतमा फोक्सोको क्यान्सर हुने गरेको छ । नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्कहरु बताउँछन् ।   जीवनशैली र खानपानमा सुधार गरे ६० प्रतिशत र धुमपान–मध्यपान त्यागे मात्र पनि ३० प्रतिशतसम्म क्यान्सरबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।

समयमै रोग पहिचान भए महत्वपूर्ण अनुपातमा क्यान्सर निदान गर्न सकिने उनीहरुको भनाई छ ।   दिवसका अवसरमा आज नेपाल क्यान्सर अस्पताल  नेपाल अर्बुद रोग निवारण संस्था लगायत विभिन्न सरोकारवाला संघसंस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।