Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

बैंककाे बचतलाइ ग्रहाकले पत्याएनन्

Saturday, February 4, 2017 National Power

२२ माघ, काठमाडौं – न्युन व्याजदरको कारण बैंकहरुमा बचतमा राखिएको रकम (मुद्दती निक्षेप बाहेक) मा ६ महिनाको अवधिमा न्युन वृद्धि भएको छ । गत असारको तुलनामा बचत र व्याज नपाइने चल्ति खातामा ग्राहकले राख्ने निक्षेप जम्मा ३ प्रतिशतले बढेर ९ खर्ब रुपैयाँ पुगेको छ ।

एक बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार २८ वाणिज्य बैंकको गत असारसम्ममा बचत खाता र चल्तिमा ८ खर्ब ७६ अर्ब रुपैयाँ रकम जम्मा रहेको भएपनि पुससम्ममा ३ प्रतिशतले मात्र यो रकम बढेर ९ खर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

यो ६ महिनामा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, हिमालयन बैंक, मेगा बैंक, कुमारी बैंक र सेञ्चुरी बैंकमा यस्तो बचत खातामा रहेको रकम घट्न पुगेको देखिन्छ । यी बैंकहरुको यस्तो खातामा भएको रकम बैंक अनुसार ५० लाख रुपैयाँदेखि ३ अर्ब ६४ करोड रुपैयाँसम्म घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको बचत तथा चल्ति खाताबाट धेरै रकम ग्राहकले झिकेका हुन् । हाल यस बैंकले बचत खातामा न्युनत्तम १ देखि अघिकत्तम ४ प्रतिशत (प्लाटिनम योजनामा) सम्म व्याज दिएको छ ।

गत असारसम्म सबै २८ बैंकको कुल निक्षेपमा बचत र चल्ति खाताको हिस्सा भने ४९.७० प्रतिशत रहेको देखिन्छ भने पुससम्ममा यो दर ४८.५१ प्रतिशत रहेको छ । असारमा सबै बैंकहरुको कुल निक्षेप १७ खर्ब ६४ अर्ब रहेकोमा गत पुसमा भने यो रकम १८ खर्ब ६२ अर्ब छ ।

सेयरमा प्रतिफल उच्च नै

यता गत पुससम्मको वित्तीय विवरण प्रकाशित गरेका १४ वाणिज्य बैंकको सेयरमा प्रतिफल केही घटेको भएपनि उच्च नै रहेको देखिन्छ । चुक्ता पुँजीमा भएको वृद्धिसँग बैंकहरुलाई बढि मुनाफा गरेर सेयर प्रतिफल बढाउँन लगानीकर्ताबाट दबाब रहँदै आएको छ ।

बैंकहरुको यस्तो प्रतिफल १० देखि ३० प्रतिशतसम्म रहेको देखिन्छ । सेयर प्रतिफल २०/३० प्रतिशत हुने तर बचत खाताका ग्राहकलाई भने १/२ प्रतिशतमात्र प्रतिफल (ब्याजदर) दिदै आएको भन्दै राष्ट्र बैंकलगायतले बैंकहरुको आलोचना गर्न थालेका छन् । हाल केहीले भने यस्तो खातामा अधिकतम ५/६ प्रतिशतसम्म ब्याज दर  दिन थालेका छन् ।

यता, १४ वाणिज्य बैंकहरुको मुनाफा गत पुसमा पनि ५१ प्रतिशतले बढेर १० अर्ब पुगेको छ । गत वर्षको पुसमा भने यस्तो नाफा ६ अर्ब ६४ करोड रहेको थियो ।