Monday 21st October 2024

    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु    मारवाडीका अगाडी मन्त्री पाण्डे किन लम्पसार परे ?    यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन    चलचित्रकर्मीले लगाए यादव खरेलको हातबाट दसैँको टीका

लाम्पार्डले सामाजिक संजालमा भने, “मैले फुटबल छाेडेँ”

Thursday, February 2, 2017 National Power

माघ २०, इंग्ल्याण्ड – पुर्व इंग्लिस मिडफिल्डर फ्राङ्क लाम्पार्डले खेल जीवनबाट सन्यास लिएका छन् । पछिल्लो दुई वर्ष अमेरिकाको लिग क्लब न्यूयोर्क सिटीबाट खेलेका उनले अाफ्नाे अधिकांश खेल जीवन इंग्लिस क्लब चेल्सीमा बिताएका थिए ।

लाम्पार्डले चेल्सीबाट ६४९ खेल खेलेका छन् भने इंग्ल्याण्डबाट १०६ क्याप जितेका छन् । ‘मलाई अहिले पनि खेल्न अफरहरु आइरहेको छ । तर, जीवनको अर्को अध्याय सुरु गर्न यो उपयुक्त समय हो, उनले भने । उनले यो निर्णय सामाजिक सञ्जालबाट सार्वजनिक गरे ।