Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चीनबाट अाइपुग्याे अर्काे जहाज

Wednesday, February 1, 2017 National Power

१९ माघ, काठमाडाै – नेपाल वायुसेवा निगमको चौथो चिनियाँ विमान वाइ-१२-इ (गौँथली) बुधबार काठमाडौं आइपुगेको छ ।

यो विमान चीनको कुन्मिङ्बाट अमेरिकी कम्पनीकालागि काम गर्ने नेदरल्याण्डका पाइलटहरु रोबर्टस भर्बोंक र मार्क अबोनचुरले बर्मा, भारतको कोलकाता हुँदै हवाई मार्गबाट काठमाडौंमा ल्याएका हुन् ।

निगमका सहायक प्रवक्ता शैलेश कशांकारका अनुसार, दिउँसो साढे ४ बजे काठमाडौंमा अवतरण गरेको यो विमान सहुलियतपूर्ण ऋणमा नेपालले चीनसँग खरिद गरेका चारवटामध्येको एक हो । अब चीनमा निगमकालागि अर्डर गरिएका दुइवटा यही वर्गका विमान ल्याउन बाँकी छन् ।

नेपाल सरकारले ०७० मंसिरमा चीनले बनाएका दुई वर्ग फिलिटका ६ वटा विमान (दुइटा एमए–६० र चार वटा वाइ-१२-इ) का लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ हाराहारीको ऋण तथा अनुदान प्याकेजमा सम्झौता गरेको थियो ।

यो रकममध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो । सबैभन्दा पहिले अनुदानअन्तर्गत २०७१ वैशाखमा चीनले नेपाललाई ५६ सिट क्षमताको एमए ६० र ०७१ को कात्तिकमा दुर्गम उडानका लागि १६ सिट क्षमताको वाइ-१२-इ विमान उपलब्ध गराएको थियो । तेस्रो एमए–६० गत बिहीबार साँझ नेपाली पाइलटहरुले मंगलबार कुन्मिङ्बाट बंगलादेशको ढाका हुँदै काठमाडौंमा ल्याएका थिए ।

चिनियाँ विमान लिन १९ दिनअघि निगमले इन्जिनियरिङ ( मर्मत) विभाग प्रमुख पोषकराज ज्ञवाली र अपरेशन विभागका प्रमुख रवीन्द्र शेरचनको नेतृत्वमा टोली पठाएको थियो ।

अब निगमसँग आन्तरिक रुटकालागि दुइवटा क्यानेडियन ट्विनअट्टर र चारवटा चिनियाँ विमान गरी ६ वटा जहाज भएका छन् । नेपालमा आन्तरिक रुटकालागि सबैभन्दा धेरै जहाज हुनेमा बुद्ध एयर हो । हाल बुद्धसँग आठवटा विमान आन्तरिक रुटमा उडाउँदै आएका छन् । तारा र यती एयरसँग ६/६ वटा विमान आन्तरिक रुटकालागि रहेका छन् ।

यो विमानले काठमाडौं, विराटनगर, नेपालगञ्ज र पोखराबाट दुर्गम रुटमा उडान भर्ने छ । निगमको एमए–६० विमानले धनगढी, नेपालगन्ज, भैरहवा, भद्रपुर, विराटनगर क्षेत्रमा उडान गर्दै आएको छ ।

निगमको एउटा ट्विनअट्टर तारा एयरले मर्मत गरेर १० वर्षका लागि लिजमा लिइ उडाइरहेको छ भने अर्को ट्विनअट्टर विमान बिग्रेर ह्यांगरमा थन्किएको छ । त्यो विमानलाई पनि केही महिनाभित्रै मर्मत गरेर उडाने निगमको तयारी रहेको छ । निगमसँग अन्तर्राष्ट्रिय रुटका लागि एउटा बोइङ-७५७ र दुइटा एयरबस ए–३२० विमान छन् ।

http://bit.ly/2jCmHbp