Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

नेपालका आफ्नै बुलेट

Thursday, January 19, 2017 National Power

एउटा बुलेटलाई उद्योगीले करिब ७० लाख रुपैयाँ लगानी गरेका छन् । अहिलेसम्म नेपालमा भारतीय बुलेटहरुबाटै ग्यास आयात भइरहेको छ । अब नेपाली बुलेट भित्रिन सुरु भएकाले २०१७को नोभेम्बरसम्म सबै आयातमा भारतीय बुलेटको प्रयोग हट्नेछ ।

त्यसपछि ग्यास आपूर्तिमा भारतीय बुलेटको एकाधिकार समाप्त हुनेछ । ५४ उद्योगले ७ सय ७५ बुलेट खरिदका लागि झण्डै साढे ५ खर्ब खर्चिएका छन् ।

उद्योगीको खर्च बचत

भारतीय बुलेटको प्रयोग हटेपछि वर्षमा झण्डै ३ अर्ब रुपैयाँ बराबरको भाडा उद्योगले बचत गर्न सक्नेछन् । ४० वर्षदेखि भारतीय ट्रान्सपोर्टरका ५ सय बुलेटहरु ग्यास बोकिरहेका छन् ।

आर्थिक वर्ष २०७३/०७४ को बजेट नै नेपाली बुलेट खरिदमा दुईतिहाइ भन्सार छुटको घोषणा भएको थियो । भारतीय नाकाबन्दीमा भारतीय बुलेटहरुमा निर्भर हुनुपर्दा आपूर्ति नराम्रोसँग प्रभावित भएको थियो ।

त्यसपछि सरकारले उद्योगीलाई नेपाल बुलेट ल्याउन भन्सार छुटको ब्यवस्था गरेको थियो । नयाँ आएका बुलेटहरु ग्यास ढुवानीको अनुमति लिने प्रक्रियामा छन् ।

आयल निगमका एलपीजी विभाग प्रमुख दीपक बरालले नयाँ बुलेटलाई अनुमति माग्नासाथ भारतीय आयल कर्पोरेशनमा ढुवानीका लागि पत्र लेखिने बताए ।

नेपाल भित्रिएका बुलेटहरु १८ मेटि्रक टन क्षमताका हुन् । अहिले भित्रिने बुलेटले अबको १० वर्षसम्म मागअनुसार आपूर्ति गर्न सक्ने ग्याय उद्योग संघका अध्यक्ष घिमिरेले बताए ।

‘आयल निगमले अनुमति दियो भने नयाँ बुलेट भोलिबाटै ढुवानीका लागि जान्छन्’ घिमिरेले भने,’हामीले अनुमति लिने प्रक्रिया थालिकसकेका छौं ।’