Tuesday 2nd March 2021

    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार    ‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली    एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री    ‘मिस नेवाः नेपाल ११४१’ को उपाधी कृषा महर्जनलाई    ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर' अवार्ड बाट ग्लोबल अनलाईन पे सम्मानित

खाडी मुलुकका नेपालीका लागि अर्को वर्षदेखि सञ्चय कोषमा बचतको सुविधा !

Wednesday, January 18, 2017 National Power


५ माघ, काठमाडौं । विदेशमा कार्यरत कामदारको प्रमुख समस्या हो, जत्ति कमाए पनि बचत नै नहुने । विदेशी भूमिमा गएर वर्षौं काम गर्दा पनि रकम सञ्चय नै नहुने समस्यालाई अब सरकारले एक वर्षभित्रै सम्बोधन गर्दैछ ।

कर्मचारी सञ्चय कोषले विदेशमा काम गर्ने नेपालीहरुको रकम बचत गराउन अन्तिम कसरत गर्दैछ । सञ्चय कोषको भनाइलाई मान्ने हो भने प्रवासमा रहने नेपालीले अवको एक वर्षभित्रै यो सुविधा पाउनेछन् ।

यसबाट प्रवासी नेपालीले स्वदेश फर्किएपछि पनि कोषबाट बचतसहित विभिन्न सुविधा उपयोग गर्न सक्नेछन् । अहिले कर्मचारी सञ्चयकोष अन्तरगतका वचतकर्ताले पाइरहेका सबै सुविधा विदेशमा काम गर्नेले पनि पाउनेछन् ।

अहिले खाडीको चर्को घाममा काम गरेर घर पठाएको पैसा घरायसी र विलासिताका समान खरिदमा धेरै खर्च हुने गरेको छ । दुःख गरेर कमाएको पैसा उपभोगमै सकिएपछि विदेशबाट फर्किदा पनि धेरैको अवस्था जहाँको त्यहीँ हुने गरेको छ ।

नियमावली संशोधन हुँदै

यसैलाई ध्यान दिएर सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले विदेशमा कमाएको पैसा बचत गराउने गरी ऐन संशोधन गराइसकेको छ । कर्मचारी सञ्चय कोष ऐन- २०१९ को संशोधनभए पनि अब नियमावली संशोधन गरिँदैछ ।

नियमावलीका लागि कोषले मस्यौदा तयार गरिसकेको छ । अब अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदले यसलाई स्वीकृति दिएपछि विदेशमा बस्ने नेपालीको बचत सञ्चय कोषमा ल्याउने प्रक्रियाको थालनी हुनेछ । विदेशका नेपालीलाई पनि सञ्चय कोषमा पहुँच दिन कोषले छलफललाईर् तीव्र पारेको छ ।

अर्को आर्थिक वर्ष २०७४/७५ बाट विदेशमा काम गर्ने नेपाली पनि सञ्चय कोषमा आवद्ध हुन सक्ने कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।