Tuesday 25th November 2025

    नेपाल महिला चेम्बरद्वारा स्टार्टअप, उद्यमशीलता तथा उद्यम प्रवर्द्धन केन्द्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न    इनास नेपालको अध्यक्षमा लामिछाने    निर्माता संघको अध्यक्षमा उदय    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि

नयाँ शक्तिकाे झण्डा र चुनाव चिन्ह परिवर्तन

Thursday, January 19, 2017 National Power

पार्टीको राजनीतिक समिति र काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारीणी सदस्यहरुको बिहिबार बसेको बैठकबाट नयाँ शक्ति नेपालले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार पार्टीको नयाँ चुनाव चिन्ह आँखा हुनेछ भने पार्टीको झण्डामा रातो पृष्ठ भूमिमा पाँचवटा ताराहरु रहनेछन् ।

यसअघि पार्टीको चुनाव चिन्ह तारा र झण्डामा रातोपृष्ठ भूमिमा एउटा तारा रहेको थियो । तर, यसमा विवाद देखिएको थियो ।
निर्वाचन आयोगले पनि त्यसलाई नमान्ने बताएपछि पार्टीले झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको हो । अब नयाँ चुनाव चिन्ह र झण्डा निर्वाचन आयोगमा पुनः बुझाइनेछ ।

अाजकाे वैठकबाट पार्टीले अन्य केही महत्वपूर्ण निर्णयहरू पनि गरेकाे छ ।
– अबदेखि केन्द्रीय नेताले अनिर्वाय रुपमा पार्टीलाई मासिक मासिक लेवी बुझाउनुपर्नेछ ।
– केन्द्रीय कार्यकारिणी सदस्यले मासिक एक हजार र केन्द्रीय परिषद सदस्यले मासिक ५ सय बुझाउनुपर्नेछ ।
– केन्द्रीय कार्यकारिणीमा १ सयबढी सदस्य रहेका छन् भने केन्द्रीय परिषदमा ५ सय बढी सदस्य रहेका छन् ।
– नवप्रवेशी मदन केसीलाई केन्द्रीय कार्यकारिणी सदस्यत तथा कास्की जिल्लाको उत्प्रेरक बनाउने निर्णय गरिएको छ ।
– गुप्ता हमाललाई आमन्त्रित कार्यकारिणी सदस्य तथा ४ नम्बर प्रदेशका सहसंयोजक बनाउने निर्णय ।
– भाइरजा पाण्डे बाबुराम भट्टराईको राजनीतिक सल्लाहकार नियुक्त । भाइराजा बाबुरामका कक्षाका साथी पनि थिए ।
– पार्टीको स्वास्थय, योग तथा साधाना विभागको प्रमुख डा चेतनाथ अधिकारीलाई बनाउने ।
– श्रम तथा वैदेशिक रोजगार विभागको प्रमुखमा दानबहादुर तामाङलाई बनाउने निर्णय ।