Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

अड्डा जमाएर बसेका कर्मचारीले भन्सार विगारे – अर्थमन्त्री

Thursday, January 19, 2017 National Power

काठमाडौं, ६ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् ।

“एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखि बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ मन्त्रालयमै बोलाएर भने–“एउटा कर्मचारी एक बर्ष भन्दा बढी त्यहाँ राख्नु भएन ।” वर्षौदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ्ग गरीरहेको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिएको हो । आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अबलम्बन गरेर भएपनि, भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले बिशेष निर्देशन दिए ।
भन्सार बिभागका महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्यिुटीमा रहेका कर्मचारीहरुलाइ तानिएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराए । उनले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाट नै चुस्त दुरुस्त सेवा दिने बिषयमा योजना बनाइरहेको वताए ।