Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अर्थ

सेवा पुर्याउने उद्देश्यले ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ हुने

१८ चैत, भक्तपुर – एउटै ठाउँबाट सेवा पुर्याउने उद्देश्यले भक्तपुरलगायत उपत्यकाका किसानलाई जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १९ र २० गते हुने मेलाबारे जानकारी दिँदै किसानलाई कृषि उत्पादन, मल, प्रविधि, रोग, माटो परीक्षण बारेमा जानकारी गराउने उद्देश्यले

खेती योग्य जमिन कम भएपनि रोजगारीका कारण खाद्य सुरक्षित

१७ चैत, रसुवा – रसुवाका ७० प्रतिशत घरधुरीमा कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण खाद्य सुरक्षित रहेका छन् । तर पनि जिल्लामा खेती योग्य जमिन ८ प्रतिशत मात्र भएकाले अन्य जिल्लाबाट खाद्यान्न ल्याउनु परेको छ । अघिल्लो वर्षको तुलनामा धान ८ प्रतिशत मकै २० प्रतिशत, आलु १५ प्रतिशतले बृद्धि भएको, १२ हजार किलो जडिबुटी

३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपालमा आयात

१६ चैत, पर्सा –  वीरगन्ज नाका भएर भारतबाट चालु आवको आठ महिनामा रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले नेपालका लागि बरौनी र रक्सौल तेल डिपोबाट करिब छ लाख ५० हजार २११ किलोलिटर पेट्रोल, डिजेल, मट्टितेल र भारतको मथुरा, हल्दियालगायत स्थानबाट

आज राष्ट्र बैंकले तोकेको विनिमय दर

१७ चैत, काठमाडौं – बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र विक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ भने एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६१ पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ

विदेशको तुलनामा घरमै दोब्बर कमाइ केरा खेतीबाट

१६ चैत, प्युठान – प्युठान सरुमारानी गाउँपालिका बांगेसालका  कुमाल दम्पतिले आफ्नै बारीमा केरा खेती गरेर लाखौं रुपैयाँ आम्दानी गरेका छन् । विदेशको तुलनामा घरमै दोब्बर कमाइ भइरहेको दम्पतिले खुसी व्यक्त गरे । विगत सात वर्षदेखि  ४६ वर्षीय श्रीमान् धनबहादुर कुमाल र ३१ वर्षीया बीमाकुमारी कुमालले व्यावसायिक केराखेती गरिरहेका छन् । बीमाका अनुसार केरा बिक्रीबाट दैनिक

शैक्षिक तथा धार्मिक महोत्सव गरि दुई करोडभन्दा बढी रकम सङ्कलन

१३ चैत, खोटाङ -दिक्तेल बहुमुखी क्याम्पसको सहयोले माटिकोरे खेलमैदानमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरि दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई

जुम्लाका लागि धानको विउ राख्ने दिन भोली

११ चैत जुम्ला – जुम्ला जिल्लामा सदाझै यो बर्ष पनि धानको विउ राख्ने तयार भईरहेको छ । विशेष गरि अरु दिनहरु भन्दा चैत १२ गते धानको विउ राख्ने प्रचलन रहेको छ ।समय अनुकुल धानको विउ राख्दा राम्रो फल मिल्ने स्थानिय बासिहरुको जनविस्वास रहेको छ । धानलाई चैत १२ गते पानिमा भिजाएर राख्ने ,१६ गते त्यसलाई

धनुषामा अवैद्य चाँदीसहित एक जना पक्राउ

११ चैत, धनुषा – धनुषामा तीन किलो अवैद्य चाँदीसहित एक जनालाई ट्राफिक प्रहरीले चेकजाँचको क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–६ का १९ वर्षका नवराज लहेरीलाई पक्राउ गरेको छ । शुक्रबार विहान बा ६ प ४६५९ नम्बरको मोटरसाइकलमा जाँदी लिएर बर्दिबासबाट सिहारको मिर्चैया जाँदै गरेका बेला लहेरीलाई पक्राउ पारेको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए ।

सहिद गोविन्द गौतमको परिवारलाई ६ लाख सहयोग

१० चैत, काठमाडौँ – केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई नेकपा (माओवादी केन्द्र)ले  रु ६ लाख सहयोग प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान

नेपालगञ्जको घरबारी र धम्बोजी टोलबाट अवैध भारुसहित चार पक्राउ

३ चैत, काठमाडौं -आज नेपालगञ्जबाट प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको घरबारी र धम्बोजी टोलबाट अवैध भारुसहित चार जनालाई भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । भेरी अञ्चल प्रहरीका एसएसपी महेश बिक्रम शाहले रकम खरिद