८ कार्तिक,नारायणगढ – चितवन (नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ । कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ । ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी
८ कात्तिक,चितवन – आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आवको तीन महिनामा रु पाँच अर्ब ६५ लाख १८ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा एक रु अर्ब ४० करोड ७८ लाख ६ हजार बढी राजश्व संकलन भएको हो ।कार्यालयका कर अधिकृत डिल्लीराम पौड्यालकाअनुसार गत आवको साउनदेखि असोजसम्ममा रु तीन अर्ब
३ कात्तिक,कञ्चनपुर – भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६/१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् । धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा
२४ असोज बाजुरा– कोल्टीमा रहेको जैतुन अनुसन्धान केन्द्रले शनिबारदेखि जैतुन पेलेर तेल निकाल्न थालेको छ । स्थानीय प्रजातिको जैतुनको फल संकलन गरी तेल निकाल्न लागिएको उक्त अनुसन्धान केन्द्रका प्रमुख जनेश भण्डारीले जानकारी दिनुभयो । कालाऋषि सामुदायिक वनमा संकलन गरिएको २५० किलो जैतुन पेलेर तेल निकाल्ने काम गरिएको छ । यस वर्ष अनुसन्धान केन्द्रमा लगाइएको उन्नत
२३ असोज ,अछाम – अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन ।
२२ असोज,गौशाला – मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत मखानखेती महोत्तरी जिल्लाबाट विस्तारै लोप हुन थालेको छ । बदलिँदो समयसँगै जिल्लाका सयाँैै मखान पोखरीमा माछापालन गर्न थालिएपछि महोत्तरीबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् । जिल्लामा चाडपर्व, पूजाआजा, विवाह, ब्रतवन्ध जस्ता शुभकार्यका साथै मनुष्य मात्रको श्राद्ध कर्म समेतमा मिथिलामा मखानको प्रयोग हुनेगर्छ । मखान व्यवसायीका लागि
२१ असोज,पर्वत – फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ । साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भन्नुभयो, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।” घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला
नेपाल सरकारको नियम अनुसार कुनै पनि व्यक्ति वा संस्थाले वित्तिय कारोबार गर्नु परेमा नेपाल राष्टबैंकको मतहतमा रही विभिन्न प्रकृया पुरा गरेर मात्र गर्न सकिन्छ । तर यो नेपाल हो, यहाँ जे पनि हुन्छ, जस्ले जे गरे पनि हुन्छ । नेपालीहरुको महान चाड विजया दशमीको लागि नेपाल राष्टबैंकले प्रत्येक बर्ष नयाँ नोटको सटही गर्दैै आएको छ
९ असोज,वीरगञ्ज – नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले राससलाई बताउनुभयो । वीरगञ्ज
३० भदौ, काठमाडौं –अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोग सम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ। सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री