Tuesday 7th May 2024

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार    गीतकार फुलाराको डेउडा गीत "साइनो मिटाइ गई "सार्वजनिक    राजन पुरीको "दोलालघाटको पुल तरेर" सार्वजनिक    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न    साथीसँग होटेलमा गएकी युवतीको मृत्यु

३४ वटै जिल्लामा निर्धारित समयमा मतदान शुरु, उत्साहित मतदाताहरू

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाण्डौ – स्थानीय सरकारका प्रतिनिधि छान्न तीन प्रदेशका ३४ वटै जिल्लामा मतदान शुरु भएको छ । ३१ बैशाख विहान ७ बजेदेखि नै मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । २० वर्षपछि हुन गईरहेको स्थानीय निर्वाचनका लागि मतदाताहरू सात बज्नु अगावै मतदान केन्द्रमा पुगेर लाईन लागि सकेका थिए । प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन भईरहेको छ । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका प्रमुख उपप्रमुख तथा १८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि हुँदैछ । मतदाताहरुले ४९ हजार ३३७ उम्मेदवार मध्ये १३ हजार ५५६ लाई निर्वाचित गरेर पठाउँदैछन् ।