Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

निफमा पहिलो पटक रसियन चलचित्र दिवसको आयोजना

Sunday, March 23, 2025 Devil Singh Rajput

रोस्किनोले मार्च २० देखि २४ सम्म नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरेको छ । शनिबार काठमाडौंको छायाँ सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो । रोस्किनोद्वारा आयोजित र रुसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्रहरु प्रदर्शनी गरिएको छ ।

प्रदर्शन भएका चलचित्रहरूमा  चार चौथाइ, न्युरेम्बर्ग र हामी तीन जना चलचित्रहरू प्रदर्शन गरिएको छ । निफका अध्यक्ष केपी पाठकले निफमा रसियन चलचित्र दिवस पहिलो पटक मनाएकोमा खुशी व्यक्त गरे । उनले विभिन्न देशसँगको चलचित्र सहकार्य कायम गर्न खोजेको र संसारका चलचित्र नेपाली सहित विश्वमाझ देखाउन चाहने बताए ।उनले यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको बताए । रसियन कल्चर सेन्टरमका निर्देशक एनथम मास्लोवले नेपाली दर्शकहरुले रसिया र रसियाको चलचित्रको बारेमा देखाएको उत्साह सराहनीय भएको बताए ।उनले रसियन एम्बेस्सी र रोस्किनोको सहकार्यमा निफले सुरूवात गरेको यो कदमले अझै धेरै रसियन फिल्म, संस्कृति र रसियनहरूको जीवन देखाउन खोजेको बताए । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको विशेषता नै यही हो ।

निकोलाई लेबेदेवद्वारा २०२३ मा निर्देशित चलचित्र न्युरेम्बर्ग, एबजेनिया तिर्दाटोवाद्वारा निर्देशित चलचित्र २०२४ चौथाइ, हामी तीन जना निर्देशित चलचित्र एलेकजेन्ड्रा सह्राना २०२१ मा निर्देशन गरिएको हो ।