Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

नारायण थापाको ‘कुनै दिन त’ सार्वजनिक

Sunday, November 10, 2024 National Power

काठमाण्डौ – बिगत दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर सक्रिय रहदै आएका गायक नारायण थापाको स्वरमा एकपछि अर्को गीत सार्वजनिक हुने क्रम जारी छ ।

यसै क्रममा उनले आभूषण इन्टरटेन्मेन्ट च्यानलमार्फत ‘कुनै दिन त’ बोलको सांगीतिक भिडियो सार्वजिक गरेका छन् ।

बरिष्ठ गीतकार डा. कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत, नारायण थापाको स्वर, माहाराज थापाको एरेन्ज, किशोर थापाको मिक्सिङ्ग माष्टरिङ्ग रहेको भिडियोमा कमल सिंह, सुष्मिता, जिवन आचार्य लगायतको अभिनय छ ।

बुद्ध थापाको छायांकन र विकाश दाहालको सम्पादन रहेको गीतको भिडियोका निर्देशक प्रकाश धिताल हुन् ।