Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

गायिका अञ्जना गुरुङको ‘यस्तै हो मायामा’को भिडियो सार्वजनिक

Saturday, November 9, 2024 National Power

काठमाडौं– गायिका अञ्जना गुरुङ आफ्ना नयाँ गीत ‘यस्तै हो मायामा…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । आधुनिक शैलीको यो गीतमा शब्द तथा संगीत पनि गायिका अञ्जना गुरुङले नै तयार पारेकी हुन् ।

राकेश सोनीद्वारा संगीत संयोजन गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको म्युजिक भिडियो पनि गायिका गुरुङ अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । पवन सुस्लिङद्वारा छायांकन गरिएको भिडियोमा मोडल अपेक्षा सिंहलाई फिचर गरिएको छ । नृत्यपरक यो गीतमा अपेक्षाले निकै सुन्दर नृत्य प्रस्तुत गरेकी छिन् । गम्भिर विष्ट यो भिडियोका कोरियोग्राफर तथा निर्देशक हुन् । पवन सुस्लिङ यो भिडियो सम्पादन गरेका हुन् ।