Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितको सुनुवाइ सुरु

Monday, September 2, 2024 National Power

काठमाडौँ – इजरायलका लागि प्रस्तावित नेपाली राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारसिंह संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ सुरु भएको हो।

समिति बैठकमा उनले आफ्नो कार्ययोजना समेत पेस गरेका छन् । यसअघि आइतबार भारतका लागि प्रस्तावित राजदूत डा शंकर प्रसाद शर्मा, जर्मनीका लागि सुम्निमा तुलाधर, चीनका लागि डा कृष्णप्रसाद ओली र जर्मनीका डा शैल रुपाखेतीको संसदीय सुनुवाइ भएको थियो ।
सरकारले हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार समितिले सुनुवाइका लागि १७ जनाको नाममा उजुरी आह्वान गरेको थियो । उजुरीका आह्वानको काम सकिएपछि आइतबारदेखि समितिले सुनुवाइको काम थालेका हो ।