Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

रोटरी डिस्ट्रिक्ट आरआईडी ३२९२, नेपाल र भुटानसंबद्ध चारवटा क्लबहरूको संयुक्त आयोजनामा माकलबारीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Wednesday, August 28, 2024 Devil Singh Rajput

काठमाडौं । रोटरियन सदस्य र स्थानीय क्लबहरू एवं स्थानीय बासिन्दाको उत्साहजनक सहभागितामा माकलबारीको रमणीय क्षेत्रमा १०० भन्दा बढी रुख रोपिएको छ । रोटरी डिस्ट्रिक्ट आरआईडी ३२९२, नेपाल र भुटानसंबद्ध चारवटा क्लबहरू रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ कान्तिपुर, रोटरी क्लब अफ मातृभूमि बालुवाटार र रोटरी क्लब अफ गोकर्णेश्वरले गत सोमबार काठमाण्डौंमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुँवर रिसाल, पूर्व डिस्ट्रिक्ट गभर्नर रोटेरियन चिन्तामणि भट्टराईलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नगर प्रमुख रिसालले समुदायलाई समेत संलग्न गराई रोटरी क्लबहरु मिलेर आयोजित वृक्षारोपण कार्यक्रम उत्कृष्ट नमुना रहेको बताउनुहुँदै वातावरणीय दिगोपनप्रति स्थानीय नेतृत्व प्रतिबद्ध रहेको उल्लेख गनृुभएको थियो । त्यसैगरि पूर्व डिस्ट्रिक्ट गभर्नर रोटेरियन चिन्तामणि भट्टराईले यस्ता महान प्रयासले वातावरणीय दिगोपनमा टेवा पुग्ने बताउनुहुँदै रोटरीले सामाजिक क्षेत्रमा पुर्याउदै आएको योगदान बारे प्रकाश पार्नुभयो ।

‘यो वृक्षारोपण कार्यक्रम एक पटक मात्र होइनस यो क्षेत्रको हरियो कभर बढाउने, वातावरणीय चेतना प्रवर्द्धन गर्ने, र समग्र इकोसिस्टममा सुधार गर्ने लक्ष्य राखिएको ठूलो, महत्वाकांक्षी तीन वर्षीय परियोजनाको हिस्सा हो। यी रूखहरू रोपेर, हामी जलवायु परिवर्तनसँग लड्न र भावी पुस्ताहरूका लागि स्वस्थ, स्वच्छ वातावरण सिर्जना गर्न आवश्यक कदम चालिरहेका छौं’ रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव श्रृष्टि त्रिपाठीले कार्यक्रम बारे जानकारी दिदै भन्नुभयो । साथै उहाँले अटल सहयोग र सहभागिताको लागि सबै स्थानीय क्लबहरू र समुदायका सदस्यहरूप्रति चार वटै क्लबका तर्फबाट आभार व्यक्त गर्न चाहेको पनि उल्लेख गर्नुभयो ।