Saturday 7th September 2024

    ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई बाल स्वास्थ्य संबन्धी प्रशिक्षण    नेपाल डेरी एशोसिएसनले श्रीलंकाको दुग्ध उद्योगको समृद्ध भविष्यका लागि मद्धत गर्ने    स्रष्टा लेखक बिक्रमभक्त जोशीका पिता र माताको नाममा “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार” स्थापना    Ojha Receives the Poet of the Year Award from Philippines    नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित

रोटरी क्लब अफ ज्ञानेश्वरले प्रसुतीगृहका महिलाहरुसंग मनायो प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस

Thursday, August 8, 2024 Devil Singh Rajput

काठमाण्डौ । रोटरी क्लब अफ  ज्ञानेश्वरले प्रसुतीगृहका महिलाहरुसंग प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाएको छ । क्लबले  काठमाडौंको थापाथलीस्थित प्रसुतीगृहका महिलाहरुसंग यस दिवस मनाएको हो । दिवसका अवसरमा प्रसुतीगृहका ४० जना महिलाहरुलाई झोला र मातृत्व सुरक्षा सम्वन्धी सामाग्रीहरु पनि वितरण गरिएको छ ।

रोटरी क्लवकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले मातृत्व सुधार सम्वन्धी सामाग्री सहयोग गर्नुभयो । वर्ल्ड ब्रेस्ट फिडिङ दिवस  प्रसुतीगृहका आमाहरुसंग मनाउन पाउँदा खुसी लागेको  अध्यक्ष  रोटेरियन निलम योञ्जनले बताउनुभयो ।

प्रजनन स्वास्थ्य सम्वन्धी अधिकारबारे सचेतना जगाउँदै वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाईएको रोटरी क्लव ज्ञानेश्वरकी स​चिव​ सृष्टि  त्रिपाठीले जानकारी दिनुभयो ।