Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नारायण थापाको ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक

Saturday, July 27, 2024 National Power

काठमाडौं – लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक भएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको उक्त गीतको भिडियो आखाले हेर्ने भन्दा पनि मन मष्तिस्कले रुचाउने रहेको छ । शब्द, संगीत र स्वरको तालमेलसंगै संगीत संयोजन उत्कृष्ट रहेको छ ।

कलाकार यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय रहेको तिमिलाई नैबाट आत्मसन्तुष्टि मिलेको गायक तथा संगीतकार नारायण थापा बताउछन । तिमिलाई नैको भिडियोमा कृष्ण रसालको कोरियोग्राफर, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रविण सुवेदीको छायांकन र डब्बु क्षेत्रीको निर्देशन रहेको छ ।

एक पछि अर्को सांगीतिक सिर्नना श्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार नारायण थापाका आधा दर्जन गीतको भिडियो निर्माणको क्रममा रहेको छ ।