Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

फेसन फेयर अवार्डको पत्रकार सम्मेलन नगरकोटमा, अगष्टमा सेरेमोनी

Sunday, June 30, 2024 Devil Singh Rajput

नगरकोट । ईभेण्ट आयोजक ड्रिम सर्च एजेन्सीले अगष्टमा फेसन फेयर अवार्ड गर्ने भएको छ । शनिवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै कम्पनीले अवार्ड सेरेमोनी आयोजना गर्न लागेको जानकारी गराएको हो ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कमल निकोन क्षत्रीले फेसन, इभेण्ट, म्युजिक, बिजनेश र सोसल विधामा अवार्ड वितरण गरिने बताए ।

‘यसअघि मल्ल होटलमा दोस्रो संस्करणको अवार्ड शो सम्पन्न भएको थियो र यो तेस्रो संस्करणको अवार्ड शो हो। कम्पनीले समाजिक दायित्वलाई निभाउने र राष्ट्रिय महत्वका क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुलाइ यो अवार्ड प्रदान गर्नेछ’ क्षत्रीले बताए ।