काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बैशाख ६ गते बाट शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।
सो अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका साथै श्रृङ्गारिक महा–आरती महोत्सव पनि हुनेछ । वैशाख ६ गते बिहान कलश यात्रा हुनेछ । महायज्ञमा कथावाचन सुप्रसिद्ध पं. चन्द्रकान्त काफ्लेबाट हुनेछ ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्र बरिस्ठ समाजसेवी तिल बहादुर कार्कीले स्थापना गर्नु भएको हो भनें अहिले केन्द्रमा ५७ जना बालबालिकाहरु आश्रित रहेमा छन् ।संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने उदेश्यले पितृ मोक्षसहितको सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।
यस धार्मिक ज्ञान महाज्ञानमा सम्पूर्ण भक्तालुजनहरुमा ऊपस्थित भई कथा श्रवण गर्नुहुन र मन, बचन र कर्मले सक्दो सहयोग गर्नुहुन सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुमा कार्कीले हार्दिक अनुरोध गर्नु भएको छ । थप जानकारीको लागि: 9851087049 नम्बरमा मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ।