Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा

Friday, April 12, 2024 Devil Singh Rajput

काठमाडौं । नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आएका छन । उनी शुक्रबार अपरान्ह काठमाण्डौं आईपुगेका हुन । भारतको मुम्बईबाट एअर ईण्डिया हुँदै त्रिभुवन अन्तराष्र्टिय विमानस्थलमा उत्रिएका उनलाई एल एण्ड एन एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थ, राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझा र सिईओ डेभिल सिंह राजपूतले संयुक्त रुपमा स्वागत गरे ।

स्वागतपश्चात संचारकर्मीहरुसँग बोल्दै उनले लाईभ सांगितिक प्रस्तुतीका लागि नेपाल आउन पाउँदा निकै खुसी लागेको बताए । शनिवार राती हुने लाईभ सांगितिक प्रस्तुतीलाई लिएर आफू उत्साहि रहेको बताउदै र्‍यापर मेलो डीले नेपाल बसाईका क्रममा पशुपति नाथ दर्शन साथै काठमाण्डौं आसपास भ्रमण गर्ने योजना रहेको पनि सुनाए । सो अवसरमा एल एण्ड एन एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले दरबार मार्ग स्थित क्लब नेक्ससमा हुने मेलो डी लाईभ बहु प्रतिक्षित ईभेण्ट रहेको दाबी गर्दै दर्शकहरु मेलो डीलाई सुन्न आतुर रहेको बताउदै भने मेलो डी लाईभ बहु प्रतिक्षित ईभेण्ट हो र दर्शकहरु मेलो डीलाई सुन्न आतुर हुनुहुन्छ, साथै मेलो डीले आफ्नो सनसनीपूर्ण संगीतले मञ्चलाई प्रतिध्वनित गर्नेमा म विश्वस्त छु’।

समकालीन बीटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्यूजन गर्ने मेलो डीको अद्वितीय शैलीले न्यू इयर नाइट इभेन्ट एउटा भव्य कार्यक्रम हुने कायस्थले प्रक्षपण समेत गरे ।

विश्वस्तरिय असाधारण ईभेण्ट व्यवस्थापन कौशलका लागि परिचित एल एण्ड एल एजेन्सी नेपालमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पस्कदै आएको छ विगतमा ६ सय भन्दा बढि उल्लेखनीय कार्यक्रमहरू आयोजना गरेको यस एजेन्सीले प्रतिभाशाली बलिउड संगीतकार, गायक र र्‍यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंहलाई नेपाली दर्शकहरूमाझ प्रस्तुत गरिसकेको छ ।

को हुन मेलो डी ?

आफूलाई बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरहरू मध्ये एकको रूपमा स्थापित गरेका मेलो डी युवा पुस्ता माझ लाइमलाइटमा छन। ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चार्ट टपिङ हिट गीतहरू दिएर चर्चा बटुल्दै उनले संसारभर फ्यान बढाएका छन ।