Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान

Sunday, March 31, 2024 Devil Singh Rajput

काठमाडौ — सन २००४ मा स्थापना भएको यौनजन्य हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान गरिएको छ ।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव तथा सहयोगी मनका धनी श्याम कुमार घिमिरेले आइतबार मातातीर्थ मा रहेको संस्थामा आश्रित किशोरीहरुका लागि पनिर, दही, घ्यू लगाएतको दुध जन्य पदार्थ सहयोग प्रदान गरेका हुन ।

युवा व्यवसायी घिमिरेले यौनजन्य हिंसा पीडित तथा प्रभावितको आश्रय दिंदै आएको रक्षा नेपाललाई आगामी दिनमा पनि सहयोग प्रदान गर्दै जाने बताए ।