Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण  भव्य रुपमा सम्पन्न

Sunday, March 24, 2024 National Power

काठमाडौं– नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करण काठामाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । ३ दिन सम्म चलेबो उक्त महोत्सवको अन्तिम दिन सहभागी छोटा चलचित्रहरु मध्येबाट उत्कृष्ट बृत्तचित्र तथा छोटा चलचित्रहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो । उक्त महोत्सवमा शान्ता नेपाली निदेशित वृत्तचित्र ‘धे ड्रीम्स’लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ भने स्वयम् मास्के मानन्धर निर्देशित छोटो फिल्म ‘द बु, द बाउ, द काफ’लाई उत्कृष्ट मेन्सन पुरस्कार प्रदान गरिएको छ । शनिबार आयोजित समापन उक्त समारोहमा युरोपियन डेलिगेसनकी उपराजदूत डा. जोएल इभोनेट्ले अवार्ड वितरण गरिन् ।

विजेता चलचित्रकर्मीले यसैवर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागि हुने अवसर पाउने समेत जनाइएको छ । फेस्टिभलमा छनोट भएका र प्रदर्शन गरिएका ९ छोटा चलचित्र तथा बृत्तचित्रहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा छोटा चलचित्रद बु, द बाऊ, द काफलाई स्पेशल मेन्सन गरिएको थियो । ती फिल्ममा गोपाल आचार्य निर्देशित आखत, समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पाको ‘काठमाडौं मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘फेरा’ लगायत रहेका छन् ।

खुला विज्ञापनमार्फत आह्वान गरिएको प्रतियोगितामा ५२ लघु फिल्मले आवेदन परेका थिए । ९ युरोपेली फिल्म र प्रतिस्पर्धाबाट छानिएका ११ नेपाली छोटा फिल्म प्रदर्शन गरिएका थिए । उक्त फेस्टिभलको १३ औं संस्करण काठमाडौंमा चैत्र ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो ।

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभललाई देशव्यापि रुपमा गर्ने योजना अनुरुप २०८० चैत २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ भने नेपालगञ्जमा बैशाख ३ गते (अप्रिल १५) हुनेछ । त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा वैशाख ७ र ८ गते (१९ र २० अप्रिल) आयोजना हुने आयोजकले जनाएको छ ।