Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन हुँदै

Tuesday, February 20, 2024 Devil Singh Rajput

काठमाण्डौं । पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम आयोजनामा आएको छ । आराध्यदेव पशुपति नाथ मन्दिर परिसर स्थित पन्चदेवल सत्तलमा स्वस्थानी माताको ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम गत माघ ११ गतेबाट नियमित संचालनमा आएको हो । सनातन शक्ति नेपाल, कवि गुरुकुल र अखण्ड सनातन हिन्दु युवा वाहिनीको संयुक्त आयोजनामा भईरहेको उक्त धार्मिक कार्यक्रममा गुरु संजय निरौला भारद्धाज वाचक रहनु भएको छ ।

शनिवार दिउँसो १ वजेदेखी र अन्य बार दिउँसो २ बजेदेखी बेलुका ५ बजेसम्म स्वस्थानी माताको ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम नियमित भैरहेको आयोजक संस्था कवि गुरुकुलका अध्यक्ष तथा प्रबन्धक निर्देशक राम राघव आचार्यले जानकारी गराउनुभएको छ । परिवार धर्म नै सबै भन्दा ठुलो धर्म भएको विषयलाई उजागर गर्ने स्वस्थानी माताको ब्रतकथा करिब ५०० बर्ष अघि लेखिएको भएता पनि कलियुगको यस समयमा पनि उत्तिकै सान्दर्भिक रहेको आचार्यले बताउनुभयो ।

स्वस्थानी माताको ब्रतकथा श्रवण गर्नाले कुल, गोत्र, माता पिता साथै प्रकृति समेतको महत्व बोध हुने हुदाँ कार्यक्रम आयोजनामा ल्याईएको आचार्य बताउनुहुन्छ । स्वस्थानी माताको ब्रतकथाको साङगे यहि फाल्गुण १२ गते स्वस्थानी पूर्णिमाको दिन हुँदैछ ।