Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

एनसिपिएकोआयोजनामा गोदावरीमा खुल्ला साङ्गीतिक बहस

Tuesday, February 13, 2024 National Power

ललितपुर – ललितपुरको गोदावरीमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपाल(एनसिपिए)को आयोजनामा भएको ‘खुल्ला साङ्गीतिक बहसमा गीत सङ्गीतको चुनौती र भबिस्य बिषयक’ शिर्षकमा भएको खुल्ला बहस सस्थाका कार्यसमिति सदस्य र साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त खुला बहसमा सभापतिको भुमिकामा सस्थाका अध्यक्ष सङ्गीतकार राजेन्द्र बजगाई र अतिथि बक्तामा रोयल्टि संकलन समाजका महासचिव तथा सस्थाका सहल्लाकार बद्री पान्डे, निर्देशक तथा सस्थाका सल्लाहकार माधबराज खरेल, पत्रकार तुलसी गिरी ‘भावुक’, सल्लाहकार रामनारायण सुवेदी र सस्थाका महासचिव सङ्गीतकार दिपक शर्माले अहिलेको सङ्गीतको अबस्था र भबिस्यबारे प्रकाश पारेका थिए ।

महासचिव दिपक शर्माले हामिले नदेखेको र हाम्रो पहुच नपुगेको धेरै ठाउहरुबाट पनि प्रशस्त रोयल्टि संकलन गर्ने सकिने र रोयल्टिको अधिकारलाइ स्रस्टालाइ मात्र नखुम्च्याएर गीत सङ्गीतभित्र काम गर्ने अरु बिधालाइ पनि समेट्नुपर्ने र यो कुराको ध्यान अन्य संघ सस्थाहरुले पनि बहस हुनुपर्ने कुरा बताए ।

रोयल्टी संकलनका महासचिव बद्री पान्डेले सङ्गीतकार तथा सस्थाका महासचिव दिपक शर्माको कुरामा सहमत राख्दै अब आउने दिनहरुमा हामिले सोचेको भन्दा नि राम्रो गरि रोयल्टी उठ्ने बाताबरण बनिरहेको र सम्पूर्ण स्रष्टाहरुले आफ्नो गीतको कोड उपलब्ध गराउनु पर्ने बताए ।
अर्का बक्ता माधबराज खरेलले चलचित्रका हरेक पाटाका पात्रहरुलाइ पनि रोयल्टीको बिषयमा बुझाउनु पर्ने बताए ।

संचारकर्मी तुलसी गिरी ‘भावुक’ले उठ्नु पर्ने रोयल्टी किन उठिराको छैन यो कुरालाइ संचारको माध्यमबाट आफुले गर्न सक्ने भुमिका खेल्ने बताउनु भयो ।

अर्का संचारकर्मीतथा संस्थाका सल्लाहकार रामनारायण सुवेदीले रेडियोमा गीत सङ्गीत बजाउदा रोयल्टी संकलन समाजले रोयल्टीमा गरेको कडाइ अलि फितलो भएको र गीत कहा कहाबाट कसरि कति पटक बज्यो भन्ने डाटा स्पष्ट हुनुपर्ने बताउनु भयो । सस्थाका अध्यक्ष र कार्यक्रमका सभापति राजेन्द्र बजगाइले महासचिव दिपक शर्माका कुरामा समर्थन जनाउदै हामिले आज साङ्गीतिक बाटोलाइ फराकिलो बनाउन सकियो भने भोलि आउने पिढिले आज हामिले जस्तो कडा संघर्ष गर्न नपर्ने र आफ्नो अधिकार सहज तरिकाले सुररिक्षत गर्ने जनाउनु भयो ।

कार्यक्रममा संचारकर्मी राजेन्द्र लुइँटेल, प्याजेन्ट डाइरेक्टर लब बहादुर कार्की, नायक श्रीदेव भट्टराई,तारादेबि फाउन्डेसनका महासचिव सुभम सैजु, सस्थाका उपाध्यक्ष नायिका उषा उप्रेती, कोषाध्यक्ष गायक नारायण बहादुर थापा, सचीव गायिका सुजाता के सि, गयिका रिता केसि, सदस्य गायक भुबन प्यासि, सदस्य नायिका प्रतिक्षा काफ्ले, सदस्य ध्वनि मिश्रण मनोज परियार, निर्देशन महेन्द्र चन्द (माइकल) गायक डेबिड शंकर, राज कटुवाल, नबिन कुमार पौडेल,गिता पाण्डे , पबन रानाभाट, सुबास तिम्सिना, सरु गौतम, कुमार कटुवाल, फोटो ग्राफर बद्री थापा लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति भएको उक्त कार्यक्रम सस्थाका महासचिव दिपक शर्माले संचालन गरेका थिए ।

  • राजेन्द्र लुइँटेल