Thursday 22nd February 2024

    एभरेष्ट नेपाल कल्चरल ग्रुपले १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै    चर्चित हाँस्य कलाकार गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै    गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर    पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन हुँदै    चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलामा चलचित्र निर्देशक खरेललाई मानार्थ सदस्यता प्रदान

सनम कठायतको “तिमी त दुश्मन” सार्वजनिक

Sunday, February 11, 2024 National Power

काठमाडौं। चर्चित मोडेल सनम कठायत र अनिता गिरिको नयाँ म्युजिक भिडियो “तिमी त दुश्मन”   शुक्रबार एभरेस्ट ग्यालरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

प्रेम संगमको शब्द रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । उक्त म्युजिक भिडियोमा चर्चित मोडेल सनम कठायत, अनिता गिरि र सपना छेत्रीको अभिनय रहेको छ। भिडियो माया प्रेम कथामा आधारित रहेको छ ।

दिपक गिरिद्वारा छायांकन भएको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । भिडियोलाई जनक सिंहले निर्देशन गरेका छन् ।