Saturday 8th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

निर्देशक सिंहले गरे एकै पटक तिन ओटा म्युजिक भिडियोको विमोचन

Thursday, January 4, 2024 National Power

काठमाण्डौ-  म्युजिक भिडियो निर्देशक जनक सिंहको निर्र्देशनमा खप्तडमा छायांकन गरिएका तीन गीतको भिडियोहरुको विमोचन गरिएको छ । ‘दृष्यमा खप्तड, शृंखला – २’ मा तीनटा गीतको भिडियो रहेका छन् । शिव परियार र नीता आचार्यको स्वरमा रहेको ‘जिन्दगी त सँगै जिउने हो’ सीडी विजय अधिकारी र नीता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’, यसैगरी सीडी विजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ विमोचन गरिएका हुन् ।
‘जिन्दगी त सँगै जिउने हो’ को शब्द र संगीत नै दिपक शर्माको रहेको छ । यसैगरी ‘गरिदेऊ बिदा’मा शब्द सागर बास्तोलाको रहेको छ भने संगीत ऋषी खड्काले गरेका हुन् भने ‘मन्द मन्द’मा शब्द पद्म लिखामगरको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ
बिगत लामो समय देखी नेपाली कला क्षेत्रमा कृयाशिल म्युजिक भिडियो निर्देशक जनक सिंहले सयौंको संख्यामा म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् ।
मुलतः नेपाली सुगम संगितका सफल म्युजिक भिडियो निर्देशकको रुपमा चिनिनु भएका सिंहले यस अधि पनि दृश्यमा खप्तड शृङ्खला अन्तर्गतका दुईओटा म्युजिक भिडियोहरु पनि बजारमा ल्याएका थिए । त्यस्तै निर्देशक सिंह सहित मोडल सनम कठायत र डिबि खड्काको टिमले सुदूरपश्चिमको अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः यसैगरी देखाउँदै जानेगरी ‘दृष्यमा सुदूरपश्चिम’ अभियान घोषणा समेत गरिसकेको बताएका छन् । डकुमेन्ट्री, म्युजिक भिडियो, फिल्मलगायतका माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले अभियानको नेतृत्व गरिरहेका सिंहले दृष्यमा खप्तड ‘पाइल प्रोजेक्ट’का रुपमा अघि सारेको बताएका छन् ।

तीनवटै गीतमा पुरुष मोडलका रुपमा अभिनय सनम कठायतले गरेका छन् भने महिला मोडलका रुपमा स्मारिका ढकाल र सोफिया धरेलले गरेका छन् ।