Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल ग्यारेट नेपाल फर्किन

Friday, December 15, 2023 Devil Singh Rajput

मिस युनिभर्समा भाग लिएर नेपाल फर्किन दीपिका ग्यारेट

 

काठमाडौँ, मङ्सिर २९ गते । एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स–२०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आइपुग्नुभएको छ । नेपाल आइपुग्नुभएको दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई सचेतनाका निर्देशक सरोज ओझाले नेपालमा स्वागत गर्नुभयो । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल भएकोमा धन्यवाद दिनुभयो ।

सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महसुस भएको दीपिकाले बताउनुभयो । उहाँले प्लस साइज मोडलका रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाले दिएको स्थानको सम्मान गर्न चाहेको उल्लेखसमेत गर्नुभयो ।

मिस युनिभर्स–२०२३ मा सहभागितासँगै दीपिकाले प्लस साइज मोडलका रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुल्नुभएको छ । सिएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलका रूपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार सम्प्रेषण गरेका थिए । २३ वर्षीय दीपिकाले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आउनुभएको छ ।

एसियन पेन्टस् ‘मिस युनिभर्स नेपाल–२०२३’ को विजेता बन्दै उहाँले मिस युनिभर्स–२०२३ मा सहभागिता जनाउनुभएको थियो । मिस युनिभर्स–२०२३ को उपाधि निकारागुआकी सेनिस पालासियोसले जित्नुभएको छ । प्रतियोगितामा थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्र्ट रनरअप र अस्ट्रेलियाकी मोराया विल्सन सेकेन्ड रनरअप हुनुभएको थियो । उहाँलाई हौसला प्रदान गर्न मिस युनिभर्स नेपालका राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ एल सालभाडोर पुग्नुभएको थियो । जेन दीपिकाले नेपालको प्रतिनिधित्व गर्दै नेपालको नाम राखेकामा गर्व लागेको श्रेष्ठ बताउनुहुन्छ । “यस वर्ष शीर्ष २० अर्थात् सेमिफाइनलसम्म पुग्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छौँ र हाम्रो लक्ष्य आगामी वर्षमा नेपालका लागि मिस युनिभर्स जित्नु रहेको छ,” उहाँले भन्नुभयो ।

मिस युनिभर्स नेपाल २०२३ दीपिका मिस युनिभर्समा शिर्ष २० मा अटाउन सफल हुनुलाई नेपालकै महत्वपूर्ण उपलब्धीका रुपमा आफूले हेरेको ब्युटि पेजेण्ट आयोजक ड्रि«म सर्च एजेन्सीका संचालक कमल निकोन क्षेत्री बताउनुहुन्छ ।