Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी

Saturday, November 25, 2023 National Power


काठमाण्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरहरूको सिफलचौरमा प्रदर्शन जारी छ। जारी प्रदर्नशमा दुर्गा प्रसाईंले भाषण गरिरहेका छन्। प्रदर्शनमा आएकाहरू भने उनको भाषण सुनिरहेका छन्। वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुने आशामा आफूहरू प्रदर्शनमा आएको उनीहरू बताइरहेका छन्।

प्रशासनले प्रदर्शनका लागि सिफलचौर तोकिदिएपछि प्रसाईं पक्षधरहरू शनिबार बिहानैदेखि सिफलचौर भेला भएका थिए। ‘नागरिक बचाउ अभियान’को नेतृत्व गर्दै आएका प्रसाईं पक्षधरले बिहीबारदेखि प्रदर्शन सुरू गरेका हुन्।

बिहीबार लाखौंको संख्यामा बल्खुमा उनीहरूले बल्खुमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। दोस्रो दिन, शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले धरपकड गरेको थियो।