Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी

Saturday, November 25, 2023 National Power


काठमाण्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरहरूको सिफलचौरमा प्रदर्शन जारी छ। जारी प्रदर्नशमा दुर्गा प्रसाईंले भाषण गरिरहेका छन्। प्रदर्शनमा आएकाहरू भने उनको भाषण सुनिरहेका छन्। वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुने आशामा आफूहरू प्रदर्शनमा आएको उनीहरू बताइरहेका छन्।

प्रशासनले प्रदर्शनका लागि सिफलचौर तोकिदिएपछि प्रसाईं पक्षधरहरू शनिबार बिहानैदेखि सिफलचौर भेला भएका थिए। ‘नागरिक बचाउ अभियान’को नेतृत्व गर्दै आएका प्रसाईं पक्षधरले बिहीबारदेखि प्रदर्शन सुरू गरेका हुन्।

बिहीबार लाखौंको संख्यामा बल्खुमा उनीहरूले बल्खुमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। दोस्रो दिन, शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले धरपकड गरेको थियो।