Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दीपकका एघार लोक-आधुनिक गीतहरूको संग्रह लोकार्पण

Saturday, October 7, 2023 National Power

काठमाडौं – संगीतकार दिपक शर्माका युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएका ११ वटा आधुनिक, लोकपप गीतहरूको संग्रह लोकार्पण गरिएको छ । शुक्रबार अनामनगरमा एक कार्यक्रमकाबीच संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षत्री र शर्मा आफैँले ‘दिपक शर्माका संगीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू’ गीति एल्बम सार्वजनिक गरेका हुन्।

करोड क्लबका गीतहरूमा ‘पिरिम नलाउने’, ‘छैन मलाई’, ‘छुट्टिएर तिमीसँग’, ‘बालखैमा दिन बस्यो’, ‘ए है माया’, ‘अर्को जुन खै कुन्नी’, ‘फूल फुलेको बन’, ‘ओकल दोकल’, ‘सिल्की कपाल’ र ‘आयौ चेली’ समावेश छन्। यसमा समावेश भएका गीतमा ६ वटा शर्मा आफैँले लेखेका गीतहरू हुन्।

यसमा अहिलेसम्मको सर्वाधिक १० करोड भ्युज पाउनेमा ‘पिरिम नलाउने’ रहेको छ। गीतलाई शर्माले नै लेखेका हुन् भने स्वर मेलिना राई र आशिष सचिनको छ। कार्यक्रममा संगीतकार शर्माले बुवा काठमाडौं आएको मेसो पारेर बिमोचन गराउन पाउँदा असाध्यै खुशी लागेको बताए।

‘अरु समय गीत विमोचन गराउने समय मिल्दैन थियो’, उनले भने, ‘बुवा बिरामी भएर काठमाडौं आउनु भएको मौकामा बुबाकै हातबाट गीति एल्बम विमोचन गर्ने जमर्को गरेको हुँ र गरियो पनि।’