Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

वृत्तचित्र निर्देशक सानुकाजी थापा सहित तीन पत्रकार सम्मानित

Monday, September 25, 2023 National Power

काठमाण्डौ – टोखा नगरपालिका वडा नं ३ स्थित कार्यालयको सभाहलमा आज शनिवार अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भयो। टोखा साहित्य दबु को आयोजनामा भएको कविता प्रतियोगितामा टोखा नगरका ७ वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सविता न्यौपानेले टोखाका बालबालिकाहरुको नेपाली साहित्यप्रति अभिरुचि रहेकोमा खुसी व्यक्त गरिन। साथै नेपाली कविता, गीत, नाटकजस्ता साहित्यिक विधामा राज्यले पनि यसको संरक्षण र सम्बर्द्धनमा लाग्नुपर्ने बताईन। टोखा साहित्य दबुका अध्यक्ष बाबुलाल डंगोलले सारगर्भित मन्तव्य राखे। र सो कार्यक्रमको औचित्यमाथि प्रकाश पारे।

टोखा साहित्य दबुका अध्यक्ष बाबुलाल डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा सामाजिक समावेसीकरण शाखा प्रमुख सविता न्यौपाने रहनुभएको थियो । कार्यक्रममा निर्णायक मण्डलको भूमिकामा राम बहादुर पहाडी, काशी राम विरस र श्याम श्रेष्ठले गर्नुभएको थियो । कविता प्रतियोगितामा सरस्वती मा।वि का गणेश दाहाल प्रथम नब दीक्षित पाठशालाकी विनिसा न्यौपाने

कविता प्रतियोगितामा सरस्वती मा.वि का गणेश दाहाल प्रथम नब दीक्षित पाठशालाकी विनिसा न्यौपाने दोस्रो र सत्य साइ शिक्षा सदनकी आध्या अर्याल तृतीय भएकी छिन्। बिजेताहरुलाई क्रमशः शील्ड , मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सरस्वती मावि, डिभाइन स्कूल, सत्यसाई शिक्षा सदन, एडु समिटस मा।वि, लक्ष्मीपुर मा।वि, न्यु माल श्री स्कूल र नव दिक्षित पाठशालाका १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा एउटै विद्यालयबाट २ जना विद्यार्थीहरुले सहभागिता जनीएका छन् भने करिब ६२ जना विधार्थीहरूको उपस्थिती रहेको थियो।

साहित्यीक कार्यक्रममा उपस्थित सबैलाई टोखा साहित्य दबूका हरिभक्त डंगोलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गजराज श्रेष्ठले गर्नुभएको थियो । कविता वाचन प्रतियोगिताका विजयी विद्यार्थीलाई प्रशंसा पत्र सहित पुरस्कृत गरिएको थियो भने टोखामा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारहरूमा हिक्मत डंगोल, टोखामा बिष्केट जात्रा नामक वृत्तचित्रका निर्देशक सानुकाजी थापा र असिम श्रेष्ठलाई पुरस्कृत गरिएको थियो।