Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

वृत्तचित्र निर्देशक सानुकाजी थापा सहित तीन पत्रकार सम्मानित

Monday, September 25, 2023 National Power

काठमाण्डौ – टोखा नगरपालिका वडा नं ३ स्थित कार्यालयको सभाहलमा आज शनिवार अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भयो। टोखा साहित्य दबु को आयोजनामा भएको कविता प्रतियोगितामा टोखा नगरका ७ वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सविता न्यौपानेले टोखाका बालबालिकाहरुको नेपाली साहित्यप्रति अभिरुचि रहेकोमा खुसी व्यक्त गरिन। साथै नेपाली कविता, गीत, नाटकजस्ता साहित्यिक विधामा राज्यले पनि यसको संरक्षण र सम्बर्द्धनमा लाग्नुपर्ने बताईन। टोखा साहित्य दबुका अध्यक्ष बाबुलाल डंगोलले सारगर्भित मन्तव्य राखे। र सो कार्यक्रमको औचित्यमाथि प्रकाश पारे।

टोखा साहित्य दबुका अध्यक्ष बाबुलाल डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा सामाजिक समावेसीकरण शाखा प्रमुख सविता न्यौपाने रहनुभएको थियो । कार्यक्रममा निर्णायक मण्डलको भूमिकामा राम बहादुर पहाडी, काशी राम विरस र श्याम श्रेष्ठले गर्नुभएको थियो । कविता प्रतियोगितामा सरस्वती मा।वि का गणेश दाहाल प्रथम नब दीक्षित पाठशालाकी विनिसा न्यौपाने

कविता प्रतियोगितामा सरस्वती मा.वि का गणेश दाहाल प्रथम नब दीक्षित पाठशालाकी विनिसा न्यौपाने दोस्रो र सत्य साइ शिक्षा सदनकी आध्या अर्याल तृतीय भएकी छिन्। बिजेताहरुलाई क्रमशः शील्ड , मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सरस्वती मावि, डिभाइन स्कूल, सत्यसाई शिक्षा सदन, एडु समिटस मा।वि, लक्ष्मीपुर मा।वि, न्यु माल श्री स्कूल र नव दिक्षित पाठशालाका १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा एउटै विद्यालयबाट २ जना विद्यार्थीहरुले सहभागिता जनीएका छन् भने करिब ६२ जना विधार्थीहरूको उपस्थिती रहेको थियो।

साहित्यीक कार्यक्रममा उपस्थित सबैलाई टोखा साहित्य दबूका हरिभक्त डंगोलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गजराज श्रेष्ठले गर्नुभएको थियो । कविता वाचन प्रतियोगिताका विजयी विद्यार्थीलाई प्रशंसा पत्र सहित पुरस्कृत गरिएको थियो भने टोखामा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारहरूमा हिक्मत डंगोल, टोखामा बिष्केट जात्रा नामक वृत्तचित्रका निर्देशक सानुकाजी थापा र असिम श्रेष्ठलाई पुरस्कृत गरिएको थियो।