Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

इनास अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित

Monday, September 25, 2023 National Power

काठमाण्डौ-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्ष पदमा राहुल केसी निर्वाचित भएका छन् । सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा राहुल केसी अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार सहित १३ जनाको समितिको घोषणा गरिएको छ । इनास अमेरिकाका २०२१ – २०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३-२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार ,द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा ,प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह( कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने ,अनिल तिमिल्सिना ,अरुण कार्की ,गोपाल अधिकारी ,अमित लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् ।

यसी गरि विभिन्न राज्य समितिमा निर्वाचित भएका पदाधिकारीहरु समेतको सपथ ग्रहण गराईएको थियो । यसै गरि डा श्याम कार्की तथा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ । त्यस्तै २०२३-२०२५ को लागि केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष ,मेरिल्याण्डको अध्यक्षमा पदमा लक्ष्मण पौडल ,भर्जिनियाको अध्यक्ष पदमा अर्जुन घिमिरे निर्वाचित भएका छन् । इनास अमेरिकाले प्रेम राजा महत,अनु वन्त ,सुवोध विलास पन्थ ,कन्हैया सिंह तथा सृजन ताम्राकारलाई संरक्षकमा मनोनित गरेको छ ।

कार्यक्रम दिउसो २ बजे देखि सुरु भएको उक्त कार्यक्रममा दुवै राष्ट्रको राष्ट्रगान बजाईएको थियो । प्रमुख अतिथि तथा इनास बिश्व९ग्लोबल०कि उपाध्यक्ष सबु गदाल कार्कीतथा मेरिल्याण्डका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारीले पानसमा बत्ति बालि राष्ट्रिय अधिवेसन सुरु गरेका थिए । इनासका क्षेत्रीय संयोजक आनन्दु लामाले इनास बारेमा बोलेका थिए भने मेरिल्याण्ड राज्यका इनास अध्यक्ष सृजन ताम्रकारले सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिए। अधिवॆशनमा गायिका प्रविशा अधिकारी,रजतपट अङ्कल प्रकाश सुबेदी, गायक तुलसी पराजुली तथा नायक रमेश उप्रेतीलाई बिशेष सम्मान गरिएको थियो । कन्हैया सिंह परियारले २०२१-२०२३ को समितिलाई बिघटन गर्दै आफ्नो कार्यकालमा इनास बिश्व (ग्लोबल)लाई नृत्य प्रतियोगितामा आर्थिक सहयोग गरेको चर्चा गरेका थिए । त्यस्तै इनास अमेरिका पूर्व पदाधिकारी कृष्ण श्रेष्ठले अमेरिकामा स्थापनाको कुरा जोडेका थिए । त्यसै बीच माधवी भण्डारीको सांगीतिक प्रस्तुति रहेको थियो ।

इनास बिश्व(ग्लोबल) कि उपाध्यक्ष सबु गदाल कार्कीले सबैलाई सपथ ग्रहण गराएकी थिइन् । मेरिल्याण्डका सभासद डा ह्यारी भण्डारीले आफू सांसद भएकोले मेरिल्याण्ड राज्यमा नेपाली समुदायको लागि दशैँमा बिदा दिलाउन सकेकोमा गर्व गर्दै थुप्रै कुराहरु राज्यबाट लिन सकिने बताए । रजतपट अङ्कल प्रकाश सुबेदीले सम्मानित भएकोमा हर्षित भएको भन्दै नयाँ समितिलाई बधाई तथा शुभकामना दिए । उनले अमेरिकामा आफूलाई अमेरिकामा नभई नेपालमै भएको जस्तो लागेको बताए । त्यसै गरि शुभकामना दिनेहरुमा स्थानीय छाता संगठन बानाका अध्यक्ष सुबोध पन्थ ,एनआरएनए मेरिल्याण्डका अध्यक्ष कूल गुरुङ ,मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्यालले शुभकामना सहित आफ्ना मन्तब्य राखेका थिए ।

प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्कीले छोटकरीमा इनासको परिचय दिएकी थिइन् । उनले मन्तब्य राख्दै कला र साहित्यलाई बिस्व भर कसरी बिस्तार गर्ने भन्ने कुरामा आफ्नो ध्येय रहेको बताइन । इनासमा अनुशासनमा रहनु पर्ने कुरामा जोड दिदै अनुसासन बाहिर गए हामीले नजिकबाट हेर्ने समेत जनाइन । इनासको सपना भनेको नेपालमा एउटा आफ्नै घर बनाउने इच्छा रहेको बताइन । औपचारिक कार्यक्रम सुरु अगाडी लक्ष्मण पौडेल लगायत सांगीतिक टोलीले बाध्य वादन प्रस्तुति गरेका थिए भने महासचिव राहुल केसीले कार्यक्रम संचालन गरेका थिए । अन्तमा नाचगान सहितको रमाइलो तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । गायिका प्रविशा अधिकारी तथा गायक तुलसी पराजुलीले केही हरफ आफ्ना चचित गीत बिना संगीत प्रस्तुत गरेका थिए ।