Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

हरितालिका तीज देशभर भब्य रुपमा मनाईदै

Monday, September 18, 2023 National Power

काठमाडौं –भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास अनुरुप आज हरितालिका तीजको अवसरमा देशभरिका शिव मन्दिरहरुका साथै पशुपतिनाथ मन्दिरमा विहानै देखी व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।

अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने प्रचलन रहेकोछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले पनि आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वास रहेको पाईन्छ ।

यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो । व्रतालुहरु भने पशुपति मन्दिर खुल्नु भन्दा अघिदेखि नै लाइनमा लागेका थिए । दर्शनार्थीलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भनेर चार ठाउँबाट लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

PHOTO : onlinekhabar