Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

“दशौं छायाँवछवि तिज म्युजिक अवार्ड–२०८०” भव्यरुपमा सम्पन्न

Sunday, September 17, 2023 National Power

काठमाण्डौ– “दशौं छायाँवछवि तिज म्युजिक अवार्ड–२०८०” भव्यरुपमा सम्पन्न भएको छ । बिगत १० बर्षदेखि आयोजना हुँदै आएको छायाँछबी तीज म्युजिक अवार्ड शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।

तारेकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, संगीतकार सन्तोष क्षेष्ठ, चलचित्र निर्माता तथा वितरक गोपालकाजी कायस्थ, गायक तथा चित्रकार ज्योती प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाह,राजन थापा लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा लामो समयदेखी विभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिएका चारजना महिलाहरुलाई छायाँछवी तिज नारी सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार/संचारकर्मी कृष्णदेवी आचार्य “रोशनी” र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन् ।

छायाँछवीका क्रियशनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलीक परम्परा विशेषगरी नेपाली महिलाहरुको महानचाड तीजको अवस पारेर आयोजा गरिदै आएको छायाँछवी तिज म्युजिक अवार्डका माध्यमबाट कलाकारहरुलाई आफ्नो क्षेत्रमा क्रियाशिल रहनको लागी थप प्रोत्साहन मिलोस र चाडबाडमाको नाममा हुने विकृति विसंगती रोक्दै हाम्रो आफ्नै मौलीक परम्परा जोगाउने किसिमका गीतसंगीतहरु नेपाली दर्शक तथा श्रोताहरु माझ पस्कन कलाकारहरुलाई थप उर्जा मिलोस भन्ने उदेश्य लिएर विगत दश वर्ष देखी निरन्तर रुपमा यो अवार्डको आयोजना हुदै आएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी उपमेयर श्रीजना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाले पनि आगामि दिनहरुमा कलाकारहरुलाई प्रोत्साहन गर्नको लागी विभिन्न किसिमका कार्यक्रमहरु ल्याउने तयारी भईरहेको बताईन, साथै तीज भनेको नेपाली नारीहरुको मौलिक चाड भएकोले यसको महत्व अन्य चाडहरुको भन्दा फरक रहेको हुनाले पनि हामीले आफ्नो परम्परालाई जोगाउन तथा निरन्तरता दिनको लागी आ–आफ्नो हैसियत अनुसार भड्किलो नबनाई मनाउन सम्पुर्ण महिला दिदीबहिनीहरुलाई आग्रह समेत गरिन । सो अवसरमा कार्यक्रमलाई भब्यताको साथ सम्पन्न गर्न सफल भएकोमा आयोजक समिति बधाई ज्ञापन गर्दै वर्ष दिनमा एकपटक आउने तिज पर्वलाई छायाँछवी क्रियशनले अवार्डको माध्यमबाट नेपाली मौलीक संस्कृतिलाई युवापुस्ता माझ जोड्नको लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै आगामि दिनहरुमा पनि निरन्तरताको शुभकामना समेत दिएकी थिईन ।

कार्यक्रममा चलचित्र निर्देशक तथा तीज म्यूजिक अवार्ड समारोहका निर्देशक माधव खरेलले दश वर्ष अगाडी देखी आयोजना हुँदै आएको यस कार्यक्रमले मौलीक परम्परालाई जोगाउने मुलः उदेश्य लिएको र यस्ता किसिमका कार्यक्रमहरुलाई व्यवसायीकरण गर्नु भन्दा पनि हाम्रो आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिन आग्रह गरेका थिए ।

संचारकर्मी तथा चर्चित कार्यक्रम संचालिका दिपज्योती थापाले सञ्चालन गरेको उक्त अवार्ड समारोहका सदस्यमा दिपक थापा, शोविता सुर्खेती सदस्य रहेका छन् भने कलाकार शिवहरि बैरागी नेपाल, संगीतकार मनोज चौलागाई, गायिका दुर्गा परियार, गायक राज सागर र निर्देशक कमल एक्चै मगर निर्णायक हेका थिए । कार्यक्रममा गायिका अञ्जु श्रेष्ठ र विना भट्टराईले गीत गाएका थिए भने पुष्पा परियारले नृत्य प्रस्तुती दिएकी थिईन् ।

अवार्ड विजेताहरुको नामावली यस प्रकार रहेको छ :
तीज गीत एरेन्जरः विपीन आचार्य – स्वामी ज्यू
तीज गीत मिक्सिङः प्रकाश खरेल – यो तीजमा नजाने माइती
तीज गीत भिडियो छाँयाकारः मुकेश हुमागाईं – आयो तीज आयो
तीज गीत मोडल (पुरुष): प्रकाश सोनी – तीज आयो स्वामी राजा
दोहोरी तीज गीत मोडलः सम्झना बुढाथोकी – साडी जापानी
तीज दोहोरी गीत शब्दः जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
तीज दोहोरी गीत लयः प्रकाश शाही – पशुपतिमा जलहरी
तीज दोहोरी गीत गायकः विजय गुरुङ – तीजै आयो
तीज दोहोरी गीत गायिकाः शोभा त्रिपाठी – नाँचौ न पिर भुलेर
तीज गीत नवगायनः सुनिता भट्टराई – तीज बबाल
तीज गीत युगल मोडलः दीपाशा विसी ÷अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
तीज गीत युगल गायनः अन्जु श्रेष्ठ÷बीना भट्टराई – तीजको लहर
तीज गीत नृत्य निर्देशनः केशव भट्ट – बालापनको तीज
तीज गीत भिडियो निर्देशनः गम्भीर विष्ट – यो तीजमा नजाने माइती
मौलिक तीज गीत मोडलः सुप्रिमा थापा – बालापनको तीज
उत्कृष्ट तीज गीत शब्दः वसन्त योगी – कल्ले खायो दर
उत्कृष्ट मौलिक तीज गीत शब्दः कस्तुप पन्त – मन्दिरमा गजुर
तीज गीत लयः तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तीज गीत लयः वि.पी. वाग्ले – बरिलै माइतीको
तीज गीत गायिकाः सिर्जना खत्री हाउडेमाया – पिरलो
मौलिक तीज गीत गायिकाः सिता के.सी – हेर त साइली
तीज गीत भीडीयो सम्पादकः बन्दे प्रसाद – बालापनको तीज
दशकको उत्कृष्ट गायिकाः सुनिता दुलाल – पियारी
तीज गीत गायिकाः शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तीज गीत शब्दः कमला बोहरा खत्री – परदेशी चेलीको तीज (डायस्पोरा)
तीज दोहोरी गीत शब्दः हरी उप्रेती – तीजै आयो (जुरी)