Tuesday 10th September 2024

    ‘तिमी नै त हौ’ सार्वजनिक    डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोह    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६२ औं वार्षिकोत्सव सम्पन्न    नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न    ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई बाल स्वास्थ्य संबन्धी प्रशिक्षण

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो ६१ औं स्थापना दिवस

Wednesday, September 13, 2023 Devil Singh Rajput

काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६१ औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले बुधबार कालिमाटी स्थित आफनो केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो । कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिप लाल श्रेष्ठको सभापतित्वमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुदघाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गर्नुभएको थियो ।

सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत मन्तव्य राख्नेक्रममा कार्यक्रममा उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुहुँदै कर्पोरेशनले आम उपभोक्ताहरुको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रियाकलाप गर्दै आएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउदै गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ६० बर्ष पुरा गरेको बताउनुहुँदै उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो ‘कर्पोरेशनले आफनो प्रतिबद्धता अनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गरिने छ । कर्पोरेशनले आपुर्ति र वितरणको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै बिषम परिस्थितीका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको छ भने भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उहाँले कर्पोरेशनले आयोडिनयुक्त नुन र अन्य दैनिक उपभोग्य एवम अत्यावश्यकिय वस्तुहरुको बिक्री वितरण, अनुदानित र गैर अनुदानित मलको आपुर्ति गर्दै आईरहेको प्रसंग उल्लेख गर्नुहुँदै केहि समय अघिबाट आफनै कारखानाबाट तोरीको तेल उत्पादन शुरु गरिएको जानकारी समेत दिनुभयो ।

कार्यक्रम माझ प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले कर्पोरेशनले सरकारको चाहना अनुरुप आम उपभोक्ताको हितमा कार्य गर्दै आएको उल्लेख गर्नुभयो । उक्त समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताउनुहुँदै आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको उल्लेख गर्नुभयो ।

‘प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय छ,’ मन्त्री रिजालले भन्नुभयो, ‘नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरुन् भन्ने चाहन्छ ।’

उहाँले सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको उल्लेख गर्नुहुँदै बजार अनुगमन साथै बजार हस्तक्षेपमार्फत बजारलाई व्यवस्थित तुल्याउने सरकारको नीति अनुरुप कर्पोरेशनसँग सहकार्य गर्दै आएको बताउनुभयो । साथै उहाँले लोककल्याणकारी कार्यमा अग्रसर रहदै कर्पोरेशनले उद्योग व्यापार मार्फत देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको उल्लेख गर्नुभएको थियो ।

सो अवसरमा उद्योग वाणिज्य तथा आपुर्ति सचिव मुकुन्द निरौलाले ६ दशक अघि नुनको कारोबारबाट व्यवसाय शुरु गरि हाल सेवा विविधिकरण गर्दै सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको बताउनुभयो ।

समारोहमा कृषि मन्त्रालयका सचिव डा। गोविन्द शर्माले कर्पोरेशनले समयमै रसायनिक मल आपूर्ति तथा वितरण गर्नुका साथै उदपादकत्व बृद्धिमा समेत योगदान पुर्याउदै आएको बताउनुभयो ।

समारोह माझ साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडमा कार्यरत कर्मचारीहरुले मेहनत र कर्तव्यबोधका साथ काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले साल्ट ट्रेडिङले बजार प्रणालीलाई चुस्त राख्न सरकारलाई पूर्ण रुपले सघाउदै आएको उल्लेख गर्नुहुँदै राष्टहितका निम्ति थप दायित्व उठाउदै अघि बढने प्रण समेत गर्नुभयो भयो । ुृनेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी कर्पोरेशनले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको छु अध्यक्ष श्रेष्ठले बताउनुभयो।

कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन थप पहल गर्ने समेत श्रेष्ठले बताउनुभयो ।

उक्त समारोहमाझ ७५ हजार राशीको लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कारबाट बालबालिकाहरुको संरक्षणमा सक्रिय झापा बिर्तामोड स्थित तारा नमस्ते बालगृहलाई पुरस्कृत गरियो । यसैगरि ३५ हजार राशी सहितको ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ अधिकृत स्तरमा राधेश्याम चौधरी, नन् अधिकृतस्तरमा कौशल किशोर पंडित र स्तरविहिनमा श्यामकाजी थापालाई पुरस्कृत गरियो । त्यस्तै, ३० हजार नगद राशीसहित हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ अधिकृत स्तरमा सुनिता कुमारी पन्त, नन् अधिकृतमा भरत कुमार श्रेष्ठ र स्तरविहिनमा भेष बहादुर श्रेष्ठलाई पुरस्कृत गरियो । समारोह माझ एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरा र छोरीहरुलाई मासिक ३ हजारका दरले २ वर्षसम्मका लागि छात्रवृत्ति समेत प्रदान गरियो । जसमा छात्रतर्फ अनङ्गमान शेरचन छात्रवृत्ति कृष्ण कुमार शाक्यका छोरा सर्वेश शाक्य र छात्रातर्फको लोकनाथ जोशी छात्रवृत्ति मनोज कुमार चौधरीकी छोरी अदिती चौधरीलाई प्रदान गरियो ।

यस्तै, २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।