Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

६१ औं वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङद्धारा रक्तदान कार्यक्रमको आयोजना (फोटो फिचरसहित)

Sunday, September 10, 2023 Devil Singh Rajput

काठमाडौं, २२ भदौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६१ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।मृगौला पीडित समाजको सहयोगार्थ आयोजित उक्त रक्तदान कार्यक्रम रेडक्रसको सहयोगमा संचालनमा आएको हो ।

कर्पोरेशनको कालिमाटीस्थित केन्द्रिय कार्यालय परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्य, शेयरधनी, वरिष्ठ अधिकारी, कर्मचारी, डिलर प्रतिनिधि, पत्रकार लगायतले रक्तदान गरेका थिए । सो अवसरमा कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठ र विभागीय प्रबन्धक ब्रजेश कुमार झाले रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

विभागीय प्रबन्धक झाले साल्ट ट्रेडिङ्ले आफ्नो स्थापना दिवस अर्थात भदौ २७ गते वार्षिकोत्सव समारोह आयोजना गर्नुपूर्व प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो ।