Saturday 19th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

गायक युनिक केसीको ‘बाबा’ सार्वजनिक(भिडियो)

Thursday, September 7, 2023 National Power

काठमाडौं- गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुशे औशी अर्थात बावुको मुख हेर्ने छेको पारेर गायक केसीले बुवा सम्बन्धि गीत आफ्नै युनिक क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।

गीतमा टेकेन्द्र नेपालीको संगित रहेको छ भने म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन गरेका छन् ।
बाबा गीतका रचनाकार लेखु सहयात्री तिमिल्सिनाले आफ्नै बुबा र जन्म र कर्म दिने सवै बुवा प्रति समर्पित गर्दै शव्द कोरेका छन ।
म्युजिक भिडियोमा बालक छोरालाई एउटा बावुले कसरी पढायो, बढायो, हुर्कायो र बाबुको महत्व कति छ भन्ने कुरालाई देखाउने प्रयास गरिएको छ । बाबुको सपना सन्तानको सुख र समृद्धि नै हो भन्ने कुरा देखाउन खोजिएको छ ।

भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल बावुको भूमिकामा देखा परेका छन भने उनलाई गीता अधिकारी,रुपेश लामा र आलोक चौरेलीले अभिनयमा साथ दिएका छन । संजय अधिकारीको कलर/ सम्पादन रहेको भिडियोलाई उत्तम हुमागांई टिमको छायांकन रहेको छ ।
समाजसेवामा सक्रिय गायक केसीका केहि गीतहरु बजारमा आउने तयारीमा रहेको छ ।

‘सानैदेखि गीत संगीतमा रुची भए पनि समय अभाव र कार्य व्यस्तताले दर्शक श्रोताका नजरमा पर्न सक्ने गीतहरु बजारमा ल्याउन पाएको थिईन, अव यसलाई निरन्तरता दिनेछु’ उनी भन्छन । दर्शक श्रोताका चाहना अनुसारका गीतहरु ल्याउने छु ‘उनले भने ।