Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

नेपाल चलचित्र कलाकार संघ सुद्धिकरण गर्दै अध्यक्ष निरौलाको कार्यसमिति

Sunday, August 20, 2023 National Power

काठमाण्डौ – लामो समय देखी नेपाल चलचित्र कलाकार संघमा गैर कलाकारहरुको हावी रहदै आएको भन्ने आरोपलाई चिर्नको लागि संघले कडा निर्णय गरेको छ । यहि भाद्र २ गते बसेको नेपाल चलचित्र कलकार संघको बैठकले संघलाई चुस्त र दुरुस्त बनाउनको लागि कलाकारहरुको अभिलेखिकरण गर्ने र प्रकृया नपुगेका कलाकारहरुलाई छ महिनाको समय दिएर पनि गैर कलाकार पत्ता लागेको खण्डमा विधान अनुसार गर्ने निर्णय पारित गरेको हो ।
जस अनुसार कलाकारहरुको आवेदन फारम सँग संलग्न गर्नुपर्ने कागजपत्रमा करार पत्र वा अनुहार र चलचित्रको नाम देखिने गरि लिएको स्कृनसट, नागरिकताको प्रतिलिपि फोटो आदि कतिपय कलाकारहरुको संघमा रहेको व्यक्तिगत फाइलमा नभएको पाइएकोले संघले सदस्य कलाकारहरुको अभिलेख तयार पार्ने काममा अस्पष्टता अपूर्ण देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उपरोक्त तथ्यहरु सहित कागजपत्र संघमा उपलब्ध गराइदिनुभई ६ महिनाभित्र कागजपत्र इमेल मार्फत् वा स्वयम् उपस्थित भएर अभिलेखिकरणलाई पूर्णता दिन सबै सदस्यहरुलाई अनुरोध गर्ने संघको बैठकले निर्णय गरेको छ ।

संघका सबै तहका सदस्य कलाकारले अभिलेखिकरणमा चासो दिन अनुरोध गरिन्छ संघका अध्यक्ष मोहन निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । ६ महिनाको समयलाई मान्य अवधि मान्दै अभिलेखिकरण नगरे संघमा रहेको व्यक्तिगत विवरण सहितको फायलमा विधान अनुसारको प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुने पनि यसै वक्तव्य मार्फत् अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।
यस्तै संघले आफ्नो ३५ औं स्थापना दिवसका सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको स्थापना दिवस भदौ २३ गते स्काई वैङ्क्वेट बग्गी खानामा नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भुमिका विषय अन्तरक्रिया कार्यक्रम सञ्चालन निर्णय गरेको छ । साथै स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसन क्लास र योगा कार्यक्रम गर्ने र सोका लागि प्रशिक्षकहरुलाई अनुरोध गर्ने निर्णय गरेको कुरा संघका अध्यक्ष निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।