Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

दुई वर्षको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण

Monday, August 7, 2023 National Power

काठमाडौँ -भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष २०७९  र २०८० सालको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण गरेको छ ।आइतबार राजधानीमा आयोजित एक समाराेहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार प्रदान गरिन् ।

कार्यक्रममा ०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल र ०८० सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहले प्राप्त गरे ।

यसैगरी विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७९ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०८० सालको चैत्यदेवी पुरस्कार प्राप्त गर्दा विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७९ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०८० सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार दिइयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कलाकार संकाे अध्यक्ष माेहन निराैला, वरिष्ठ अभिनेत्री चैते देवीलगायका उपस्थिति कार्यक्रममा रहेको थियो । वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य वसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति, रंगमञ्च, गीतसंगीत र साहित्यका सर्जक, श्रष्टालाई उनीहरुको योगदानको आधारमा पुरस्कारबाट सम्मान गर्दै आएका छ । पुरस्कारको राशि जनही ५१०००/– (एकाउन्न हजार) रहेको छ । फाउण्डेसनकाे अध्यक्ष अभिनेत्री भुवन थापा चन्द रहेकी छन् ।