Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भिडियोमा आयो डब्बु र दीपकको जिस्केर मस्केर

Thursday, August 3, 2023 National Power

काठमाडौं- गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर।।।’को भिडियो बजारमा आएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलबाट यतिबेला रिलिज गरिएको छ । यो गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाएका हुन् । गीतको संगीत संयोजन पनि सविनले नै गरेका हुन् । यो गीत आर्टोम्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको हो ।
सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई सँकलन गरेर यो गीत बनाएको यसका गीतकार डब्बु क्षत्रीले बताएका छन् ।
बिलक्षण क्रियसन प्रा।लि।ले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय रहेको छ । गीतको भिडियोको छायाँकन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको हो । यसरी हिमालदेखि तराईसम्म छायाँकन गरिएको यो गीतमा ताप्लेजुङको पाथीभरा देवि, कन्याम र झापाको चियाबगन, सिन्धुली र उदयपुरको चुरेको सुन्दरतालाई यो भिडियोमा कैद गरिएको छ । भिडियोमा सरिता र प्रवणको अभिनय राम्रो छ ।
यो गीतको भिडियोलाई चलचित्र निर्देशक माधवराज खरेलले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा तिलक रिजालको छायाँकन, विकाश राउतको ड्रोन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा रँग सँयोजन रहेको छ । गीतले दर्शकबाट यतिबेला राम्रो प्रतिक्रिया पाएको छ ।